सिरियामा बम विस्फोट हुँदा १३ सैनिकको मृत्यु
मेरोन्यूज
२०७८ कार्तिक ३ गते १३:४८

एजेन्सी । सिरियाको राजधानी दमास्कसमा बम विस्फोट भएको छ । सोही विस्फोटमा परेर १३ सैनिकको मृत्यु भएको छ । सैनिक सवार बसलाई लक्षित गरी भएका दुईवटा विस्फोटमा ३ जना घाइते भएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएको छ ।
मानिसहरु काम र विद्यालय जाने क्रममा बम विस्फोट भएको समाचारमा उल्लेख छ । हफेज अल असद पुलमा सैनिक सवार बस विस्फोटमा परेको र लगत्तै बसमा आगलागी भएको थियो । विस्फोटपछि तेस्रो बमलाई सेनाको इन्जिनियरिङ टोलीले निष्क्रिय पारेको थियो ।
सन् २०११ देखि शुरु सिरियाली द्वन्द्वमा परी ३ लाख ५० भन्दा बढी मानिसले ज्यान गुमाइसकेका छन् । त्यस्तै द्वन्द्वबाट झण्डै ५० प्रतिशत जनसंख्या विस्थापित हुन पुगेको छ ।
सम्बन्धित















कञ्चनपुर कारागारमा झडप हुँदा पाँच जना घाइते
प्रधानमन्त्रीले गरे राजदूतहरूसँग सामूहिक भेट
अफगानिस्तानमा घरको छत खस्दा ७ जनाको मृत्यु
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
एमाले सांसद शर्मालाई थुनामुक्त गर्न अदालतको आदेश
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
खाडीका ऊर्जा पूर्वाधारमा इरानले बढायो आक्रमण
प्रतिक्रिया