थप ६६२ जनामा कोरोना संक्रमण,१३ जनाको मृत्यु
मेरोन्यूज
२०७८ कार्तिक ३ गते १६:४०

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ६६२ जना कोरोना संक्रमित थपिएका छन् । पीसीआर परीक्षणबाट ५३५ र एन्टिजेन परीक्षणबाट १२७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.कृष्ण पौडेलले जानकारी दिए । उनका अनुसार अहिले पनि कोरोना संक्रमण हुने दर १८ प्रतिशत रहेको छ ।
पछिल्लो २४ घण्टामा जम्मा ८ हजार ४२६ नमुनाको कोरोना परीक्षण भएको छ । जसमा ७ हजार २२ पीसीआर र १४०४ एन्टिजेन परीक्षण भएको मन्त्रालयले जनाएको छ ।
सोही अवधिमा ७५८ जना कोरोनामुक्त भएका छन् । कोरोना संक्रमणबाट १३ जनाको मृत्यु भएको छ । अहिले देशभर पीसीआर परीक्षणको संक्रमणदर ७।६ प्रतिशत रहेको प्रवक्ता पौडेलले बताउनु भयो । पहिलेको तुलनामा संक्रमणदर कम भएपछि जोखिम उत्तिकै रहेको उहाँको भनाइ छ । नेपालको हालसम्मको कुल संक्रमणदर १८।६ प्रतिशत रहेको छ
सम्बन्धित














कारागारभित्रका ‘हेडमास्टर’
हाफ म्याराथनको उपाधि गुरुङलाई
प्रेस युनियनले भन्याे – कांग्रेसभित्र एकता आवश्यक छ
निष्कासनपछि गगन थापाले भने– कांग्रेस कसैको निजी कम्पनी होइन
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
नेपोबेबीको राज देखेर जनता रिसाएकै हुन् – गगन थापा
भृकुटीमण्डपबाट गगन थापाले भने – कांग्रेस लास र दासहरूको पार्टी होइन
अब एक व्यक्ति २ पटकभन्दा बढी प्रधानमन्त्री हुन नपाइने प्रतिवेदन पेस गर्दै विश्वप्रकाश
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
प्रतिक्रिया