पाँच राष्ट्रसेवक कर्मचारी इन्टेग्रीटी आइकन २०२१ को छनोटमा

काठमाडौं । नेपाल सरकारको नर्सिङ् अधिकृतदेखि प्रमुख जिल्ला अधिकारीसम्मका पाँच जना कर्मचारी इन्टेग्रीटी आइकन २०२१ म छनोट भएका छन् ।
सार्वजनिक सेवामा रहेर जुनसुकै परिस्थितिमा पनि निष्ठापूर्वक जिम्मेवारी बहन गरी उदाहरण प्रस्तुत गरेको भन्दै अकाउन्टविलिटी ल्याब नेपालले पाँच कर्मचारीलाई इन्टेग्रीटी आइकन २०२१ का लागि छनोट गरेको हो ।
इन्टेग्रीटी आइकन २०२१ को छनोटमा पर्नेमा भेरी अस्पताल नेपालगञ्जकी नर्सिङ अधिकृत शीला शर्मा, नवलपुरकी प्रमुख जिल्ला अधिकारी मनमाया भट्टराई पंगेनी, मकवानपुरको मकवानपुरगढी गाउँपालिकाको कृषि अधिकृत चन्द्रकान्त चौधरी, भक्तपुर अस्पतालकी मेडिलक सुपरिटेन्डेन्ट डा.सुमित्रा गौतम र भाषा आयोगका उपसचिव डा.बुद्धबहादुर लोप्चन छन् ।
सार्वजनिक सेवामा रहेर जुनसुकै परिस्थितिमा पनि निष्ठापूर्वक जिम्मेवारी बहन गरी उदाहरण प्रस्तुत गर्ने कर्मचारीलाई प्रोत्साहन गर्न भन्दै संस्थाले विगत आठ वर्षअघिदेखि राष्ट्रसेवक कर्मचारीहरुलाई आइकन घोषणा गर्दै आएको छ ।
नेपालबाट सुरु भएको यो अभियान हाल विश्वका अन्य १४ मुलुकमा पुगिसकेको संस्थाले जनाएको छ ।
यस वर्षका इन्टेग्रीटी आईकनहरूलाई देशभरीबाट प्राप्त भएका ३३५ मनोनयनबाट पाँच जना छानिएका हुन् । आगामी कात्तिक १२ गते भर्चुअल माध्यमबाट नै सबैलाई सम्मान गरिने सो संस्थाले जनाएको छ ।
निर्णायक समितिमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त सुर्यनाथ उपाध्याय, प्रशासनविद् काशीराज दाहाल, पूर्र्वसचिव जीवनप्रभा लामा, नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका पूर्व कार्यकारी निर्देशक पुण्यप्रसाद न्यौपाने र प्राध्यापक तथा आईआईडीएस सेन्टर फर गभर्नेन्सका निर्देशक डा. सुचेता प्याकुरेल थिए ।
















अमेरिकासँगको वार्ताका लागि स्लामाबाद पुग्यो इरानको प्रतिनिधिमण्डल
रुसी पूर्वमन्त्री पोपोभलाई १९ वर्ष जेल सजाय
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
स्रोत नखुलेको ६ लाखसहित दुई जना पक्राउ
टोखामा बिस्केट जात्रा अगामी वैशाख १ देखि ४ गतेसम्म मनाइने
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
देउवाले भने- म र मेरो परिवारको सम्पत्तिबारे भ्रामक र झुटा प्रचारबाजी भयो
प्रतिक्रिया