मंगलबार, वैशाख ३०, २०८२

सकियो हाँडीगाउँको जात्रा (फोटोफिचर)

मेरोन्यूज २०७८ कार्तिक ४ गते १७:३२

काठमाडौं । प्रत्येक वर्ष कोजाग्रत पूर्णिमाको भोलिपल्ट लाग्ने काठमाडौंको हाँडीगाउँ जात्रा सकिएको छ ।

काठमाडौं उपत्यकाको विभिन्न ठाउँमा लाग्ने भन्दा फरक शैलीमा जात्रा लाग्ने भएकोले हाँडी गाउँको जात्रालाई ‘कहिँ नभएको जात्रा हाँडीगाउँको’ भन्ने नेपाली उखान नै बनेको छ । यो जात्रामा ब्रम्हा, विष्णु र महेश्वरको पूजा गर्ने गर्दछन् ।

प्रत्येक वर्ष कोजाग्रत पूर्णिमाको भोलिपल्ट हाँडीगाउँको जात्रा लाग्ने गर्दछ । हाँडी गाउँको जात्रामा बनाइने रथ अन्य जात्राको भन्दा फरक हुन्छ ।



अधिकांश जात्रामा निकालिने रथको शीरमा गजुर र देवमुर्तिलाई तल राखिएको हुन्छ हाँडी गाउँको जात्रामा मुर्तिको ठाउँमा गजुर र गजुरको ठाउँमा मुर्ति राखिएको हुन्छ । त्यसैले ‘कहिँ नभएको जात्रा हाँडी गाउँमा’ भन्ने उखान चलेको हो ।

कोरोना भाइरसको संक्रमणका कारण गत वर्ष यो जात्र हुन सकेको थिएन ।

लिच्छवीकालदेखि नै हाँडी गाउँमा जात्रा निकाल्ने गरिएको जनविश्वास रहिआएको छ ।

प्रतिक्रिया