विद्यालय भवन निर्माण सुरु

म्याग्दी । विकास बेल्जियम र जलजला गाउँपालिकाको साझेदारीमा विद्याज्योति माविको कक्षाकोठा भवन निर्माण सुरु गरिएको छ । जलजला–३ मा रहेको विद्याज्योति माविको १० कोठे दुईतले भवन निर्माणका लागि विकास बेल्जियमले ७५ प्रतिशत र गाउँपालिकाले २५ प्रतिशत लागत साझेदारी गरेका छन् ।
दुई करोड १३ लाख ९५ हजार ७६२ लागत अनुमान गरिएको भवन निर्माणका लागि करसहित एक करोड ६० लाख ७२ हजार ९७२ मा त्रिशक्ति कन्ट्रक्शन इञ्जीनियरिङले ठेक्का लिएको गाउँपालिकाका इञ्जीनियर सुनिल बानियाँले बताए । विसं २०७८ साउन ५ गते ठेक्का सम्झौता भएको भवन २०७९ को असार १० गते निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
निर्माण कम्पनीका प्रतिनिधिले निर्धारित समयभित्रै भवन निर्माण सम्पन्न गर्ने लक्ष्यसहित कामलाई तीव्र बनाएको बताएका छन् । विद्यालयका प्रअ रघु आचार्यले पुरानो भवन जीर्ण भएपछि नयाँ भवन निर्माणका लागि गाउँपालिका र विकास बेल्जियममा डिपिआर तयार पारेर प्रस्ताव गरिएको बताए ।
भवन योजना भित्र्याउन मल्लाजका रामबहादुर विक, टेकबहादुर बरुवाल र म्याग्दीको ताकम घर भई हाल बेल्जियममा रहनुभएका ज्ञान विश्वकर्माले पहल तथा समन्वय गरेका थिए । कक्षा १२ सम्मको पठनपाठन हुने विद्यालयमा हाल २७० विद्यार्थी छन् । विसं २००४ मा स्थापना भएको विद्याज्योति धवलागिरि क्षेत्रकै पुरानो विद्यालय मानिन्छ । नयाँ भवन निर्माण भएपछि पठनपाठन र शैक्षिक गतिविधिमा सहज हुने शिक्षक, विद्यार्थी र व्यवस्थापन समितिका पदाधिकारीको अपेक्षा छ ।














प्रेस युनियनले भन्याे – कांग्रेसभित्र एकता आवश्यक छ
निष्कासनपछि गगन थापाले भने– कांग्रेस कसैको निजी कम्पनी होइन
नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको ३९औं वार्षिक साधारण सभा सम्पन्न
इरानमा विरोध प्रदर्शन : मृतकको संख्या २५ सय नाघ्याे
Trump calls on Tehran to show protesters humanity amid reports of rising death toll in crackdown
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
कांग्रेस फुट्न दिँदैनाैं, आवेग हाेइन विवेकले निर्णय गरेर सिंगो पार्टीको नेतृत्व गर्छौं : विश्वप्रकाश शर्मा
नेपोबेबीको राज देखेर जनता रिसाएकै हुन् – गगन थापा
भृकुटीमण्डपबाट गगन थापाले भने – कांग्रेस लास र दासहरूको पार्टी होइन
अब एक व्यक्ति २ पटकभन्दा बढी प्रधानमन्त्री हुन नपाइने प्रतिवेदन पेस गर्दै विश्वप्रकाश
प्रतिक्रिया