सोमबार, फागुन १८, २०८२

मेरा पिकमा फसेका पाँच आरोही तथा पदप्रदर्शकको उद्धार

मेरोन्यूज २०७८ कार्तिक ५ गते १०:२१

काठमाडौँ । नेपाल पर्वतारोहण संघ (एनएमए) ले सोलुखुम्बुको मेरा पिक (६,४७० मिटर) आरोहण गरी फर्कने क्रममा बाटामै फसेकामध्ये चार विदेशी र एक जना नेपाली पथप्रदर्शकलाई उद्धार गरी काठमाडौँ ल्याएको जनाएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

एनएमएका अध्यक्ष सन्तवीर लामाले एक विज्ञप्ति जारी गर्दै पछिल्ला केही दिनको खराब मौसमका कारण मेरा पिक आरोहण गरी फर्कने क्रममा बाटामै फसेकामध्ये स्वदेशी आरोही तथा स्वदेशी पथप्रदर्शकलाई सम्बन्धित कम्पनीको पहलमा उद्धार गरी काठमाडौँ ल्याइएको जानकारी गराएका हुन् ।

एनएमएबाट आरोहण अनुमति लिएर मकालु एडभेन्चार प्रालिमार्फत आरोहणका लागि गएका उनीहरु सबैको अहिले काठमाडौँको ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ । पिक आरोहण गरी फर्कँदै गर्दा खराब मौसम र ठूलो हिमपातका कारण बाटोमै रोकिएका शेर्पा इभेन्ट्स अर्गनाइजरका सदस्यहरुलाई पनि खोजीका लागि पैदल गएको टोलीले सुरक्षितरूपमा लुक्ला ल्याएको छ ।

यस्तै एड्भेन्चर भिक्टोरी टिममार्फत आरोहणका लागि गएको उक्त टोलीको एक सदस्य छेतेन शेर्पा भने पछिल्लो चार दिनदेखि सम्पर्कविहीन रहेका र एनएमएले सम्बन्धित कम्पनीसँगको समन्वयमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभाग, जिल्ला प्रशासनका कार्यालय सोलुखुम्बु, नेपाल प्रहरी र नेपाली सेनासँगको समन्वयमा खोजी जारी राखेको जनाइएको छ । टोलीनेता नुरु शेर्पा र क्लाइम्बिङ गाइड कामी शेर्पाको नेतृत्वमा उनको पैदलयात्रामार्फत पनि खोजी जारी छ ।

प्रतिक्रिया