एमालेले भन्यो : महाधिवेशनको तयारी शुरु भयो

भरतपुर । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पार्टीको दशौं महाधिवेशनको तयारी शुरु भएको बताएको छ । मंसिर १० देखि १२ सम्म चितवनमा दशौं महाधिवेशन गर्ने निर्णय गरेको एमालेले महाधिवेशन स्थल चितवनमै आज पत्रकार सम्मेलनको आयोजना गरी महाधिवेशनको तयारी शुरु गरिएको बताएका थिए ।
गत असोज १५ देखि १७ सम्म ललितपुरको गोदावरीमा सम्पन्न विधान महाधिवेशनमा ओलीले दशौं महाधिवेशन वुटवलमा गर्ने संकेत गरेपनि विहिवारको पार्टी स्थायी कमिटि बैठकले महाधिवेशन चितवनमा गर्ने र चितवननै कर्मथलो बनाई राजनीति गरिरहेका स्थायी कमिटि सदस्य रामवहादुर थापा (बादल)लाई महाधिवेशन ब्यवस्थापन समितिको संयोजक बनाउने निर्णयलिएपछि चितवन एमालेले आज पत्रकार सम्मेलन गरि तयारी शुरु गरेको जनाएका हुन् ।
यस अगाडी बाग्मति प्रदेश अध्यक्ष आनन्द पोखरेलले वाग्मतिलाई दशौं महाधिवेशन आयोजना गर्न दिनुपर्ने प्रस्ताव पार्टी समक्ष गरेका थिए । सोही आधारमा विहिवारको स्थायी समितिले चितवनमा महाधिवेशन आयोजना गर्ने निर्णय लिएको हो । एमालेले चितवनलाई नै महाधिवेशनस्थल चयन गर्नुभित्रको अनेक वहुआयामिक कारण रहेको चर्चा यतिवेला हुन थालेको छ ।
प्रतिस्पर्धी नेता माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको गृहजिल्ला र प्रचण्डका छोरी रेणु दाहाल मेयर रहेको चितवनमा महाधिवेशन आयोजना गरेर ओलीले प्रचण्डमाथी दवाव बढाउन खोजेको अर्थमा एमालेले यो महाधिवेशनस्थललाई लिएको छ ।
शुक्रवार विहान भरतपुरको एक होटलमा पत्रकार सम्मेलन गरी एमाले वाग्मति प्रदेश अध्यक्ष पोखरेलले तयारी शुरु गरिएको जनाएका हुन् । उनले चितवन महाधिवेशनपछि एमाले २०७४ को चुनावमा भन्दा ठूलो पार्टी बनेर उदाउने जिकिर गरे । पाँच दलीय गठबन्धन एकतर्फ र एमाले एकातर्फ हुँदा पनि एमाले नै ठूलो शक्तिका रुपमा उदाउने गरी चितवन महाधिवेशनबाट एमाले देशमा उदाउने जिकिर पोखरेलको थियो ।
महाधिवेशनका लागि एमालेले कसैसग पनि चन्दा नलिने बताएको छ । पत्रकार सम्मेलनमा वागमति अध्यक्ष पाखेरेलले महाधिवेशनकै लागि भनेर कसैसाग पनि चन्दा नउठाइने बताए ।
उनले महाधिवेशनको उद्घाटन सत्र नारायणी नदी किनार वा अन्य ठूलो क्षेत्रमा गर्ने गरी ठाउँको खोजी भईरहेको बताए ।
‘महाधिवेशनको उद्घाटन सत्र कहाँ गर्ने, बन्द सत्र कहाँ गर्ने, के कस्तो व्यवस्थापनको विधि अपनाउने सबै निर्णय गरेर एक साताभित्र हामी गरिसक्छौं’ पोखरेलले भने ।
















‘संविधानले नै श्रमिकलाई ट्रेड युनियन खोल्ने अधिकार सुनिश्चित गरेको छ’
सुनसरीमा एसइई दिइरहेका एक नक्कली परीक्षार्थी पक्राउ
दाङमा चितुवाको आक्रमणबाट दुई घाइते
गुल्मीमा पाँच दिनदेखि सम्पर्कविहीन बाबुछोरी
राष्ट्रिय सभा उपाध्यक्ष भण्डारीले लिइन् शपथ
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
नयाँ हवाई रक्षा प्रणाली विकास गर्यौँ, अब जुनसुकै अमेरिकी जहाज खसाउन सक्छौँ -इरान
१५औँ महाधिवेशनको तयारीमा कांग्रेस : ‘जरा अभियान’ मा गाउँ तहसम्म पुग्ने
युएईमा घाइते भएका सातै नेपाली खतरामुक्त, छ जना अस्पतालबाट ‘डिस्चार्ज’
गुण्डा नाइके सानुभाइसहित १८ जना पक्राउ
प्रतिक्रिया