‘कोरोनाबाट एक लाख ८० हजार स्वास्थ्यकर्मीले गुमाए ज्यान’

काठमाडौँ । विश्वमा ८० हजारदेखि एक लाख ८० हजार स्वास्थ्यकर्मीले कोरोना भाइरस (कोभिड १९) बाट ज्यान गुमाएको विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले जनाएको छ । सन् २०२० को सुरुदेखि मे महिना (५ महिना)को बीचमा सो संख्यामा स्वास्थ्यकर्मीको मृत्यु भएको अनुमान गरिएको हो । १३ करोड ५० लाख विश्वमा स्वास्थ्यकर्मी रहेको अनुमान गरिएको छ ।
डब्ल्यूएचओका प्रमुख डा. टेड्रोस एड्हानोम गेहब्रेयसले स्वास्थ्यकर्मीलाई खोपका लागि प्राथमिकतामा राख्नु पर्ने बताएका छन् । उनले खोपको अन्यायपूर्ण वितरणलाई लिएर आलोचना पनि गरेका छन् ।
‘विश्वका ११९ मुलुकबाट प्राप्त विवरणले विश्वभरि औसतमा पाँच जना स्वास्थ्यकर्मीमध्ये दुई जनाले कोभिड खोप लगाउन पाएको छन्,’ महानिर्देशक टेड्रोसले भने । खोपको अभावमा महामारी अर्को वर्षको अन्त्यसम्मै लम्बिन सक्ने चेतावनी दिँदै आएको छ ।
अफ्रिकामा १० जना स्वास्थ्यकर्मीमध्ये एक जनाभन्दा कमले पूर्ण मात्रा खोप लगाउन पाएका छन् । जबकी, उच्च आय भएका देशमा दश जनामध्ये आठ जनाले खोप लगाइसकेको गेहब्रेयससले बताए ।
अफ्रिकाका पाँच प्रतिशतभन्दा कम जनसंख्याले कोभिड–१९ विरुद्धको खोप पाएका छन् । अरू, अधिकांश महादेशमा ४० प्रतिशतले खोप पाइसकेका छन् । अधिकांश कोभिडविरुद्धको खोप उच्च वा मध्यम आय भएका देशहरूले पाएका छन् ।
कम आय भएका देशहरुमा कोरोना खोप समयमा नपाउँदा संक्रमण एक वर्ष लम्बिनी डब्ल्यूएचओ चेतावनी दिएको छ । बीबीसी
















मन्त्री वादीसँग राजदूत लोरेन्जोको शिष्टाचारबीच
नौ महिनामा एक हजार बढीको शल्यक्रिया
कीर्तिपुर हत्या प्रकरण : तीन जना पक्राउ
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया