गाभीले अनुदानमा दिएको एक लाख डोज फाइजर खोप सोमबार आउने
मेरोन्यूज
२०७८ कार्तिक ५ गते १२:०२

काठमाडौं । कोभिड विरुद्धको १ लाख फाइजर खोप कार्तिक ८ गते (सोमबार) नेपाल आइपुग्ने भएको छ। उक्त नेपालमा गाभीले उपलब्ध गराउने खोप हो ।
माइनस ७० डिग्रीमा भण्डारण गर्नुपर्ने उक्त खोप गाभीले अनुदानमा एक लाख डोज उपलब्ध गराएको छ । उक्त खोप नेपालमा ट्रयालको रुपमा प्रयोग गरिने बताइएको छ।
फाइजरको खोपको गाइडलाइन नबनेको हुदाँ कुने उमेर समुहलाई दिने भन्ने विषय छलफल भइरहेको मन्त्रालयका एक कर्मचारीले बताए ।
नेपालमा माइनस तापक्रममा खोप भण्डारण गर्ने भौतिक पूर्वाधार नभएकाले युनिसेफले १०० लिटर क्षमताको ४ वटा फ्रिजर उपलब्ध गराइसकेको छ।
सरकारले १८ वर्षमुनिका बालबालिकाका लागि कोभ्याक्समार्फत ६० लाख डोज खरिद सम्झौता गरिसकेको छ। उक्त खोप भण्डारणका लागि समेत व्यवस्थापन महाशाखाले भौतिक पूर्वाधार निर्माण गररिहेको छ ।
सम्बन्धित
















सरकारले युवालाई आफ्नै गाउँमा बसौँ बसौँ लाग्ने बनाउने छ : राष्ट्रपति (पूर्णपाठ)
वैज्ञानिक अनुसन्धानलाई राष्ट्रिय दायित्वका रूपमा लिन सक्नुपर्छ : उपराष्ट्रपति यादव
नेप्सेमा दोहोरो अंकको गिरावट
President Paudel addresses joint session of Federal Parliament
पृथ्वीको तापक्रम वृद्धि र जलवायु जोखिम बढ्दै
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
ट्रम्पले चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
डेपुटी गभर्नर पण्डितले लिए शपथ
प्रतिक्रिया