एमालेमा १० बुँदे सम्झौतामा थप विवाद, भीम रावलले संयोजकबाट दिए राजीनामा
एमालेले कात्तिक १२ गतेका लागि बोलायो पार्टी केन्द्रीय कमिटिको बैठक

काठमाडौं । नेकपा एमालेमा १० बुँदे सहमतिका विषयमा अध्यक्ष केपी ओलीले दिएको अभिब्यक्ति र सम्झौतालाई लिएर थप विवाद निम्तिएको छ ।
उपाध्यक्ष समेत रहेका तथा १० बुँदे सहमति कार्यान्वयनका लागि गठित कार्यदलका संयोजक समेत रहेका भीम रावलले संयोजक पदवाट पार्टीको स्थायी समिति बैठकमा राजीनामा घोषणा गरेका छन् ।
उनले १० बुँदे सहमति कार्यान्वयन नभएको र कार्यान्वयनको दिशामा अध्यक्ष ओली नै उदासिन देखिएको भन्दै असन्तुष्टि जनाएर राजीनामा घोषणा गरेका हुन् ।
‘कार्यदलमा भएको छलफल र पार्टीले गरेको निर्णयसमेत मान्य नहुने भएपछि त्यो कार्यदलमा बसिरहनुभएको कुनै औचित्य नहुने भएकाले महिले पार्टी बैठकमा राजीनामा दिएको छु, उपाध्यक्ष रावलले मेरोन्यूजसँग भने । उनले पार्टी बैठकमा यस बारेमा आफनो लिखित धारणा पनि राख्ने बताए ।
‘आफनो राजीनामा लिखित रुपमा पार्टी अध्यक्षलाई पठाउने पनि रावलले जानकारी दिए । मैले राजीनामा दिएको छु । त्यसको लिखित जानकारी नै अध्यक्षलाई पठाउने छु,’ रावलले भने ।
रावलले बैठकमा यस सम्वनधमा ५ पृष्ठ लामो आफनो मत पार्टी बैठकमा दर्ज गराएको बताएका छन् । रावलको मतमा उपमहासचिव घनश्याम भुसालले पनि सहमति जनाएको रावलको भनाई छ ।
स्थायी कमिटीले दुई जना नेतालाई केन्द्रीय कमिटी सदस्य मनोनित गरेकामा पनि असहमति जनाएका छन् । पूर्व माओवादी धारका नेता प्रभु साहको मागका आधारमा एमाले स्थायी कमिटिले दुई जना नेतालाई केन्द्रीय कमिटिमा थप गर्ने निर्णय लिएको थियो । यसमा पनि रावलले असन्तुष्टि जनाएका हुन् ।
रावलले दुई दिनअघि मात्रै सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै १० बुँदे सहमति संस्थागत भइसकेको र सबैले ठण्डा दिमागले सुन्नु स्वास्थ्यका लागि लाभदायक रहेको उल्लेख गरेका छन् ।
‘१० बुँदे सहमति ‘एकतारे’ होइन पार्टी एकता बचाएर देशहितको लागि बजाइएको ११ तारे विगुल हो । यसको धुन संस्थागत भइसकेको छ । सबैले ठण्डा दिमागले सुन्नु स्वास्थका लागि लाभदायक छ ।’– उनको लेखका छन् ।
एमालेले बोलायो केन्द्रीय कमिटि बैठक
एमालेले पार्टीको केन्द्रीय कमिटिको बैठक बोलाएको छ । विहिवार र शुक्रवार बसेको स्थायी समिति बैठकले पार्टीको दशौं महाधिवेशन चितवनमा गर्ने र चितवन महाधिवेशनका बारेमा थप आवश्यक निर्णय लिनका लागि कात्तिक १२ गते केन्द्रीय कमिटिको बैठक बोलाउने निर्णय लिएको हो ।
एमालेले ६ कात्तिकमा देशैभर एकैपटक वडा अधिवेशन र कात्तिक ९ मा देशैभर पालिका अधिवेशन गर्ने यस अगाडी नै कार्यतालिका बनाएको छ । त्यसका लागि देशैभर अध्यक्ष ओलीले अधिवेशनको भर्चुअल माध्यमबाट उदघाटन गर्ने र सकभर सहमतिमा नेतृत्व चयन गर्न ८ वुँदे विशेष परिपत्र समेत केन्द्रीय कार्यालयको तर्फबाट गरिसकेको छ ।
वडा र पालिका अधिवेशन सम्पन्न गरेपछि थप अधिवेशनका बारेमा निर्णय लिनका लागि केन्द्रीय कमिटि बैठक बोलाइएको एमालेले जनाएको छ ।
एमाले स्थायी कमिटी बैठकपछि जारी विज्ञप्ति



















नेमकिपाको आठौँ केन्द्रीय बैठक सम्पन्न, सैद्धान्तिक रूपमा प्रस्ट हुन कार्यकर्तालाई निर्देशन
इनड्राइभद्वारा नेपालका चालकहरूका लागि २२ लाख बराबरको इन्धन सहयोग घोषणा
अर्थमन्त्री र नाडाका प्रतिनिधिबीच भेटवार्ता, अटोमोवाइल क्षेत्रका विभिन्न विषयमा छलफल
पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छः मन्त्री पोखरेल
मालपोत कार्यालय जुम्लाद्वारा एक करोड ८६ लाखभन्दा बढी राजस्व सङ्कलन
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
नयाँ हवाई रक्षा प्रणाली विकास गर्यौँ, अब जुनसुकै अमेरिकी जहाज खसाउन सक्छौँ -इरान
आजदेखि मतदाता नामावली सङ्कलन सुरु हुँदै
गुण्डा नाइके सानुभाइसहित १८ जना पक्राउ
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
प्रतिक्रिया