तपाईको यो साता कस्तो छ ?

काठमाडौँ । आज २०७८ साल कार्तिक महिनाको ६ गते शनिबार । राशिअनुसार यो साता कस्तो रहने छ ? प्रस्तुत छ, साप्ताहिक राशिफल ।
मेष
यस राशिका व्यक्तिहरुलाई यो साता औसत खालको रहने छ । पेशागत जीवनमा केही लाभ प्राप्त हुने छ भने आर्थिक अवस्थामा पनि केही सुधार आउने छ । बोलीमा नरमपना र शितलता वृद्धि हुँदा अरुको मन जित्न सकिने छ । स्वास्थ्य अवस्थामा भने केही गडबडीहरु देखिने छन् । यात्रामा कठिनाई भोग्नु पर्ने छ । परिवारमा पनि बेमेलको वतावरण बन्ने छ ।
वृष
यस राशिका व्यक्तिहरुलाई यो साता सकारात्मक रहने छ । आँटेका कामहरुमा प्रगति हुने छ । साथै नयाँ काम थालनी हुन जाने छ । पेशागत जीवनमा भने स–साना विषयले पनि तनाव र असमझदारीको वातावरण बनाउने भएकाले संयमित रहनु नै ठिक हुने छ । रिसको मात्रा बढ्ने भएकाले बादबिबादका क्रमहरु देखा पर्न जाने छ । दाम्पत्य जीवनमा मधुरता आउँदा खुशियाली छाउने छ ।
मिथुन
यस राशिका व्यक्तिहरुलाई यो साता अनुकुल खालको रहने छ । पेशागत जीवनमा थप जिम्मेबारी प्राप्त हुने र कदर प्राप्त हुने छ । आम्दानीमा गुणात्मक बृद्धि हुने छ । पैतृक सम्पत्तिको परिचालनमा परिवारमा ऐक्यमत उत्पन्न हुने छ । बोलीको प्रभाव बढ्ने हुँदा बोलेर खानु पर्ने पेशाका व्यक्तिहरुलाई लाभ मिल्ने छ । मनमा उत्पन्न हुने दुविधाका कारण निर्णय प्रकृयामा केही ढिलाई भने हुन जाने छ ।
कर्कट
यस राशिका व्यक्तिहरुलाई यो साता चुनौतिपूर्ण देखिन्छ । पेशागत जीवनमा उतार चढावको अवस्था आउँदा अधैर्यता र जोखिम उत्पन्न हुने छ । मनमा निराशाका क्रमहरु देखा पर्ने छन् । मनोबलमा पनि केही गिरावट आउने भएकाले अरुको हेपाईमा जुध्न तागत कम प्राप्त हुने छ । परिवारमा किचलो हुँदा समाजमा अपमानको अवस्था आउने छ । दाम्पत्य जीवनमा भने मधुरता कायम रहने छ ।
सिंह
यस राशिका व्यक्तिहरुलाई यो साता औसत खालको रहने छ । पेशागत जीवन जे जस्तो चलिरहेको हो त्यस्तै चल्ने छ । अर्थात न शुभ वा न अशुभको अवस्था रहने छ । परिवारमा मिलन हुने छ । विगतमा भएका निर्णयहरुले केही सकारात्मक प्रतिफल दिन थाल्ने छ । समाजबाट मान सम्मान र कदर पाइने समय सक्रिय छ । आर्थिक जीवन भने धेरै सहज नभए पनि प्रतिकुल पनि रहने छैन् ।
कन्या
यस राशिका व्यक्तिहरुलाई यो साता धेरै शुभ रहने देखिँदैन् । धन सम्पत्तिमा नोक्सानी व्योहर्नु पर्ने छ । आम्दानीमा गिरावट आउँदा आर्थिक दबाबले परिवारमा तनाव उत्पन्न गरिदिने छ । बोलीको प्रभाव घट्ने छ । प्रेममा भने सफलता मिल्ने छ । नयाँ ठाउँको यात्रामा निस्कन मिल्ने छ । प्राकृतिक प्रकोपको जोखिमबाट जोगिनु होला ।
तुला
यस राशिका व्यक्तिहरुलाई यो साता सकारात्मक रहने छ । आँटेका कुराहरु सकारात्मक रुपमा अघि बढ्ने छन् । दृढताले भरिएको व्यक्तित्व हुने छ । परिवारको साथले उन्नति प्रगतिमा मद्धत मिल्ने छ । जीवनसाथिले गर्ने मनोवैज्ञानिक साथ र समर्थले आँट र भरोषा प्राप्त हुने छ । पेशागत जीवनमा सन्तोष मिल्ने छ । आर्थिक जीवन पनि सन्तुलित नै रहने छ ।
वृश्चिक
यस राशिका व्यक्तिहरुलाई यो साता कठिन रहने देखिन्छ । भाग्यहिनताका कारण चालिएका कदमहरु अपुरो रहने छन् । अपजस र अपमान सहनु पर्ने तथा गरेका कामहरुको उचित मुल्यांकन नहुँदा मनमा खिन्नताले सताउने छ । सामाजिक रुपमा आलोचना गर्नेहरु बढि देखिने छन् । आफन्तबाटै धोका हुने चुनौति रहेकाले सतर्कता आवश्यक देखिन्छ । बौद्धिक क्षेत्रमा मन लागे तापनि व्यावहारमा लम्कन कठिनाई हुने छ ।
धनु
यस राशिका व्यक्तिहरुलाई यो साता प्रतिकुलताबाट गुज्रनु पर्ने देखिन्छ । अड्डा अदालत तथा प्रशासनिक झमेलामा धाउनु पर्ने जोखिम देखिन्छ । समाजले गलत कार्य मानिएका विषयमा सँलग्न हुन अनावश्यक आँट आउने छ, जसले गर्दा झमेलाहरु व्योहर्नु पर्ने छ । परिवारमा पनि समस्याका क्रमहरु देखा पर्ने छन् । पेशागत जीवनमा सन्तोष मिल्ने छैन् । आर्थिक दबाब सृजना हुने छ ।
मकर
यस राशिका व्यक्तिहरुलाई यो साता केही सकारात्मक दिशामा रहने छ । आर्थिक रुपमा कमाई बढ्ने छ । समाजमा प्रभाव पढ्ने छ । पेशागत जीवनमा सोचे अनुसार बृद्धि नभए पनि अशुभ पनि हुने छैन् । विदेश यात्राको अवसर जुट्ने छ । परिवारको आड र भरोषाले गर्दा दृढता उत्पन्न हुने छ । मनमा भने दुविधाका क्रम देखा पर्ने छ । बौद्धिक क्षेत्रमा उन्नति र प्रगति हुने छ ।
कुम्भ
यस राशिका व्यक्तिहरुलाई यो साता औसत खालको रहने छ । पेशागत जीवनमा स्थिरता कायम हुने छ भने आम्दानीमा पनि केही बृद्धि देखा पर्ने छ । प्रतिष्पर्धात्मक क्षमता हुने छ । जीवनसाथिको साथ वा सल्लाहमा काम गरेमा जोखिमहरु कम हुन जाने छन् । साथिहरुसँग भने द्वन्दात्मक वातावरण बन्ने जोखिम देखिएकाले सजग रहनु होला । यात्राको अवस्था आउने छ ।
मीन
यस राशिका व्यक्तिहरुलाई यो साता हल्का अनुकुल रहने छ । आर्थिक व्यवस्थापनमा सहजता आउने छ । सन्तान सुख प्राप्त हुने छ । पेशागत जीवनमा औसत वातावरण रहने छ । व्यक्तित्व चलाख खालको हुनेछ । अध्ययन र अध्यापनमा रुचि बढ्ने छ । प्रतिष्पर्धात्मक क्षमतामा क्षमतामा ह्रास आउँदा मनमा लघुताभाषको क्रम देखिने छ । प्रेममा धोकाको स्थिति आउने देखिन्छ ।
(ज्योतिषी दिवाकर पन्त– ज्योतिषी, वास्तुविद्, रत्नविद् एवं हस्तरेखाविद् हुन् सम्पर्क– ९८१३६३७२३८)









काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
एपीएफलाई पराजित गर्दै इस्ट बंगाल बन्यो साफ महिला क्लब च्याम्पियन
नवलपरासी-१ बाट उम्मेदवारमा विनोद चौधरीको एकल सिफारिस
पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान र उनकी पत्नी बुशरा बीबीलाई १७ वर्षको जेल सजाय
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
प्रतिक्रिया