आइतबार, चैत १०, २०८१

आयुर्वेद चिकित्सक डा. आचार्यको निधन

मेरोन्यूज २०७८ कार्तिक ६ गते ६:४६

काठमाडौँ । आयुर्वेद चिकित्सक तथा साहित्यकार डा. शेषराज आचार्यको ७८ वर्षको उमेरमा कोरोनाका कारण निधन भएको छ । विसं २००० मा तनहुँमा जन्मिएका उनले आयुर्वेदमा आचार्यसम्मको अध्ययन गरेका थिए ।

४१ वर्ष नेपाल सरकारको सेवामा बिताएका उनी आयुर्वेदका विज्ञ रहेका थिए । उनले नरदेवी आयुर्वेद औषधालय र आयुर्वेद विभागमा निर्देशक पदमा रही काम गरेका थिए । यसैगरी सिंहदरबार वैद्यखाना विकास समितिका प्रबन्ध निर्देशकका रूपमा समेत उनले जिम्मेवारी निर्वाह गरेका थिए ।

कोरोना संक्रमित भई त्रिवि शिक्षण अस्पतालमा उपचार उनको शुक्रबार दिउँसो निधन भएको उनका भाइ डा. व्रतराज आचार्यले जानकारी दिए ।आचार्यका श्रीमती डा. कादम्बरी आचार्य, चार छोरा र दुई छोरी छन् ।

प्रतिक्रिया