जनावरबाट जोगिन शुक्लाफाँटामा ‘मेसवायर’

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिकामा जंगली जनावर प्रभावित क्षेत्रमा रु एक करोड ६७ लाख ४९ हजारको लागतमा तारजाली लगाउन थालिएको छ ।
जंगली जनावर अति प्रभावित तीन वडामा ‘मेसवायर’ तारजाली लगाउन सुरु गरिएको हो ।
नगरपालिकाको पूर्वाधार विकास शाखाका प्रमुख दीपक धामीका अनुसार वडा नं १ मा दुई हजार ९०० मिटर, वडा नं ९ मा दुई हजार ५०० मिटर र वडा नं १२ मा ४०० मिटर गरी पाँच हजार ८०० मिटर मेसवायर लगाउन सुरु गरिएको छ ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र चुरे क्षेत्र नजिकका सामुदायिक वन क्षेत्रबाट स्थानीय किसानका खेतमा पस्ने जङ्गली हात्ती, चित्तल, बँदेल, नीलगाईलगायत जनावरलाई रोक्न मेसवायर लगाइएको हो ।
गत आर्थिक वर्षमा पनि सुदूरपश्चिम प्रदेश सरकारको अनुदान रु ७५ लाख र नगरपालिकाको रु ७५ लाख खर्चेर नगरपालिकाको वडा नं ८ र १२ मा ५.८८ किलोमिटर मेसवायर लगाइएको थियो ।
मेसवायर लगाइएसँगै वन्यजन्तु प्रभावित क्षेत्रमा राति प्रकाशको व्यवस्था गर्न नगरपालिकाले रु ३५ लाखको लागतमा ३० स्थानमा सौर्य बत्ती जडान थालेको छ ।















संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न
चन्द्रगढी महिला गोल्डकपः एपिएफ सेमिफाइनलमा
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
सिरहा कारागारमा विवाद, २२ कैदी नियन्त्रणमा
रवि भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री सुधन
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
प्रतिक्रिया