नगरपालिकाको निःशुल्क लोकसेवा तयारी कक्षा

वालिङ् । स्याङ्जाको वालिङ नगरपालिकाले लोकसेवा आयोगको निःशुल्क तयारी कक्षा प्रशिक्षण सुरु गरेको छ ।
नगरपालिकाले शैक्षिक बेरोजगार न्यूनीकरणमा जोड दिँदै शुक्रबारबाट स्वास्थ्य सेवातर्फ अहेब/अनमीको एकमहिने निःशुल्क तयारी कक्षा प्रशिक्षण सुरु गरेको हो ।
‘मानव संशाधनको विकास समृद्धिको निकासःसमृद्ध स्मार्ट वालिङ निर्माणको आधार, शून्य शैक्षिक बेरोजगार’ भन्ने मूल नारालाई आत्मसात् गर्दै नगरपालिकाले तयारी कक्षा सञ्चालन सुरु गरेको नगरप्रमुख दिलीपप्रताप खाँणले बताए ।
“सरकारी सेवामा स्याङ्जा जिल्लाको छुट्टै पहिचान छ, त्यसलाई अझै पुष्टि गर्नुका साथै पहिचानलाई जोगाइराख्नका लागि पनि हामीले निःशुल्क तयारी कक्षा सञ्चालन गरेका हौँ”, उनले भने, “आगामी दिनमा वालिङका कर्मचारीलाई सरकारी सेवामा बढीभन्दा बढी उत्तीर्ण बनाउने लक्ष्यसहित अगाडि बढेका छौँ ।”
नगरपालिकाले लोकसेवा आयोगले हाल माग गरेको अहेब÷अनमी पदलाई लक्षित गरी तयारी कक्षा सञ्चालन गरेको हो । यसअघि गत वर्ष नगरपालिकाले निःशुल्करुपमा नायब सुब्बा र खरिदारको तयारीका लागि प्रशिक्षण कक्षा सञ्चालन गरेको थियो ।
“पहिलो चरणमा नायब सुब्बा र खरिदारलाई लक्षित गरी निःशुल्करुपमा तयारी कक्षा सञ्चालन ग¥यौँ”, प्रमुख खाँणले भने, “त्यसको उपलब्धि राम्रो देखियो, तयारी कक्षा सञ्चालनको प्रभावकारिता राम्रो भएकाले यसपटक प्राविधिक धारतर्फको स्वास्थ्य सेवाको अहेब र अनमीका लागि तयारी कक्षा सञ्चालन सुरु गरेका हौँ ।”
नगरपालिकाले आगामी दिनमा बैंकिङ, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनामा प्रवेश गर्न चाहनेका लागि पनि गर्नुपर्ने सैद्धान्तिक तथा प्रयोगात्मक कक्षा सञ्चालन गर्ने तयारी गरिरहेको प्रमुखा खाँणले जानकारी दिए ।
नगरभित्रका शिक्षित युवायुवतीलाई लक्षित गरिएको यस अभियानमार्फत शैक्षिक बेरोजगारी हटेर जाने नगर उपप्रमुख कल्पना तिवारीले दाबी गरिन् ।
नेपाल सरकारका विभिन्न परीक्षामा यहाँको जनशक्ति उत्कृष्ट भई सरकारी सेवामा कार्यरत हुनका लागि सघाउ पुग्ने विश्वास नगरपालिकाले लिएको उपप्रमुख तिवारीको भनाइ छ ।
नगरभित्र रहेका शैक्षिक बेरोजगार जनशक्तिका लागि लोकसेवा आयोगको तयारीका लागि टाढाटाढा जानुपर्ने बाध्यता हटेर जाने र आफ्नै ठाउँमा निःशुल्क अध्ययन गर्न पाउने भएकाले पनि इच्छुकका लागि उपयोगी हुने शिक्षा शाखा प्रमुख बाबुराम सापकोटाले बताए ।
तयारी कक्षा सञ्चालनका लागि काठमाडौँ, पोखरा तथा वालिङमै लामो समयसम्म अनुभव प्राप्त प्रशिक्षकमार्फत सैद्धान्तिक र प्रयोगात्मक कक्षा सञ्चालन गर्ने वालिङ नगरपालिका स्वास्थ्य शाखा प्रमुख कमलप्रसाद पाण्डेले बताए ।
लोकसेवा आयोगले तयार पारेको तथा सम्भावित पाठ्यक्रमका आधारमा तयारी कक्षा सञ्चालन हुनेछ । यो अभियान नगरपालिकामै पहिलो भएको उनको दाबी छ । तयारी कक्षा सञ्चालनका लागि प्राप्त भएका आवेदनका आधारमा हाल ८० जना महिला पुरुष प्रशिक्षार्थी सहभागी छन् ।

















१६ वर्षमुनिका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउँदै इन्डोनेसिया
महोत्तरीका ४ वटै क्षेत्रमा रास्वपाको अग्रता
ताप्लेजुङमा कांग्रेसका तुम्याहाङको अग्रता
सर्लाही ४ : अमरेशले बढाए मतान्तर, पछ्याउदै गगन
सुरक्षा व्यवस्था चुस्त छ, निर्धक्क भएर मतदान गर्नुस् : सुरक्षा फौज
जिल्ला प्रशासन कार्यालय काठमाडौँमा अस्थायी मतदान केन्द्र
गृहमन्त्री अर्यालद्वारा रामेछाप दुर्घटनाका घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी
सीमामा पाँचौँ दिनको युद्ध, ६७ अफगानी सुरक्षाकर्मी मारिएको पाकिस्तानको दाबी
श्रीलङ्काको समुद्री तट नजिक इरानी युद्धपोत डुब्यो, झण्डै १५० जना बेपत्ता
प्रतिक्रिया