सोमबार, मंसिर २२, २०८२

दाङमा सुमो पल्टियो, आठजना घाइते

मेरोन्यूज २०७८ कार्तिक ६ गते १६:०३
Print

काठमाडौं । दाङको देउखुरीमा टाटा सुमो दुर्घटना हुँदा आठ जना घाइते भएका छन् ।

प्यूठानबाट दाङको सतबरियातर्फ जाँदै गरेकाे रा १ ज ७३७ नम्बरको सुमो गाडी शनिबार दिउँसो पूर्व–पश्चिम राजमार्गको लमहीस्थित अर्जुनखोला नजिकै पल्टिएको हो ।

दुर्घटनाका घाइते हुनेमा अधिकांश प्यूठानका रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । घाइते सबैको लमही र घोराहीका अस्पतालमा उपचार भइरहेको छ।

जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक मुकुन्दप्रसाद रिजालकाअनुसार गाडीमा १२ जना सवार थिए । सुमामा चालक भने सकुशल रहेको र प्रहरी नियन्त्रण रहेका छन् ।

प्रतिक्रिया