देशभर थप ५१३ मा कोरोना संक्रमण, आठ जनाको मृत्यु
मेरोन्यूज
२०७८ कार्तिक ६ गते १७:३९

काठमाडौं । नेपालमा थप ५१३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा ६ हजार ९ सय ३१ जनाको कोरोना परीक्षण गर्दा थप ५१३ जनामा संक्रमण पुष्टी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै, काठमाडौं उपत्यकामा मात्रै पछिल्लो २४ घण्टाको अवधिमा २१३ संक्रमित थपिएका छन् ।
मन्त्रालयकाअनुसार, काठमाडौंमा १५०, ललितपुरमा ३९ र भक्तपुरमा २४ संक्रमित थपिएका हुन् ।
काठमाडौं उपत्यकामा २ हजार ४ सय ५९ सक्रिय संक्रमितसहित देशभर हाल १० हजार ५५९ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।
यस्तै, पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट ८ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ११ हजार ३४५ पुगेको छ ।
सोही अवधिमा देशभरबाट ८१७ जना कोरोनमुक्त भएको पनि मन्त्रालयले जनाएको छ ।
सम्बन्धित
















काठमाडौँका भूमिहीन र अव्यवस्थित बसोबासीको डिजिटल लगत सङ्कलन गर्दै सरकार
आयोगद्वारा यादव विरुद्ध सर्वोच्चमा पुनरावेदन
प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध उजुरी दिन १० दिनको समय
खाद्य गुणस्तर सुधार्न र पारदर्शिता बढाउन कृषि मन्त्रीको निर्देशन
नेपालको प्राथमिकताको क्षेत्रमा सहयोग गर्न इयूको चासो
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया