देशभर थप ५१३ मा कोरोना संक्रमण, आठ जनाको मृत्यु
मेरोन्यूज
२०७८ कार्तिक ६ गते १७:३९

काठमाडौं । नेपालमा थप ५१३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा ६ हजार ९ सय ३१ जनाको कोरोना परीक्षण गर्दा थप ५१३ जनामा संक्रमण पुष्टी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै, काठमाडौं उपत्यकामा मात्रै पछिल्लो २४ घण्टाको अवधिमा २१३ संक्रमित थपिएका छन् ।
मन्त्रालयकाअनुसार, काठमाडौंमा १५०, ललितपुरमा ३९ र भक्तपुरमा २४ संक्रमित थपिएका हुन् ।
काठमाडौं उपत्यकामा २ हजार ४ सय ५९ सक्रिय संक्रमितसहित देशभर हाल १० हजार ५५९ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।
यस्तै, पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट ८ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ११ हजार ३४५ पुगेको छ ।
सोही अवधिमा देशभरबाट ८१७ जना कोरोनमुक्त भएको पनि मन्त्रालयले जनाएको छ ।
सम्बन्धित













समानुपातिक सूचीबाट १८ दलका १६४ उम्मेदवारले लिए नाम फिर्ता
भरतपुरमा बृहत् चक्रपथ उद्घाटन
कांग्रेस विशेष महाधिवेशन : यस्तो छ निर्वाचन कार्यतालिका
Vapes worth 22.4 million confiscated
रास्वपासँग एकता भाँडिएसँगै उज्यालो नेपाल पार्टीको अध्यक्ष बने कुलमान
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
कांग्रेस विशेष महाधिवेशन सुरु
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
आज २०८२ साल पुस २७ गते आइतबारको राशिफल
प्रतिक्रिया