विवादित प्रधानन्यायाधीश, बदनाम न्यायालय

काठमाडौं । झण्डै चार वर्षअघि उमेर सम्बन्धि विवादका कारण गोपाल पराजुली प्रधानन्यायाधीशबाट पदमुक्त भएका थिए ।
राष्ट्रपति विद्यादेवी भण्डारीलाई सपथ खुवाउन भन्दै शीतल निवास पुगेका पराजुलीलाई न्याय परिषद्ले पदमा नरहेको पत्र थमाएको थियो ।
लोकमान सिंह कार्की प्रकरणदेखि प्रहरी प्रमुख नियुक्ति प्रकरणमा तत्कालिन प्रधानन्यायाधीश सुशीला कार्कीलाई महाअभियोग लगाउन उक्साउने र सघाउनेमा पनि पराजुली अग्रस्थानमा थिए ।
पराजुलीपछि यतिबेला प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरा पनि विवादित बनेका छन् ।
अधिकांश समय पराजुलीको कार्यकालमा सघाएका जबरा तात्कालिक प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध प्रतिनिधिसभामा दर्ता भएको महाभियोग प्रस्तावलाई अघि नबढाउन तथा उनलाई काममा फर्काउन २०७४ वैशाखमा आदेश दिएपछि चर्चामा आएका थिए ।
ओमप्रकाश मिश्र सेवानिवृत्त भएपछि तिनै जबरा २०७५ पुसमा प्रधानन्यायाधीश बने । यतिबेला राजनीतिक वृत्तमा भन्दा पनि न्यायमूर्तिहरुले नै प्रधानन्यायाधीश जबराको चर्को आलोचना गरिरहेका छन् ।
प्रधानन्यायाधीशमाथिका आरोप
संवैधानिक निकायमा नियुक्ति गर्दा भागबण्डा गरेकोदेखि सरकारमासमेत आफ्नो हिस्सा खोजेको आरोप प्रधानन्यायाधीश जबरामाथि लाग्दै आएको छ ।
शक्ति पृथकीकरणको सिद्धान्त विपरित पछिल्लो पटकसरकार विस्तारमा समेत प्रधानन्यायाधीश जबराले भाग खोजेपछि थप विवादित भए ।
प्रधानन्यायाधीसकै हिस्सामा उनका जेठान गजेन्द्र हमाललाई प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषदमा समेटेका थिए । सोही कारण उनीमाथि न्यायमूर्तिहरु नै सशंकित बने । चौतर्फी आलोचनापछि हमाललाई राजीनामा दिन लगाइएको थियो ।
संवैधानिक निकायमा ५२ जना नियुक्त गर्दा तत्कालीन प्रधानमन्त्री ओलीसँग भागबन्डा गरेको, सर्वोच्चमा परेको मुद्दामा प्रधानन्यायाधीश नै विपक्षी बनेको, गोलाप्रथा र स्वचालित प्रणाली अपनाउन सर्वोच्चकै प्रतिवेदन कार्यान्वयन गर्न आलटाल गरेकोजस्ता आरोप उनीमाथि लागेको छ ।
यस्तै, पेसी सूचीको निर्धारणमा मनोमानी गरिएको, पत्नीहत्याको सजाय झेलिरहेका रञ्जन कोइरालाको कैद घटाएको, तक्मा लिएको लगायतका विषयहरू पनि न्यायाधीसमाथि उठाइएका छन् ।
मार्गप्रशस्त गर्न पूर्व न्यायाधीशहरुकै सुझाव
पूर्वन्यायाधीशहरूको समूह ‘पूर्व न्यायाधीश फोरम’ले न्यायालयको शाख जोगाउनका लागि प्रधानन्यायाधीश जबराले राजीनामा दिएर मार्ग प्रशस्त गर्न सुझाव दिइसकेको छ ।
प्रधानन्यायाधीशले निकाश नदिए उनका सम्बन्धमा उठेका विवादहरूको निष्पक्ष छानबिनका लागि प्रतिनिधिसभा नै अग्रसर हुनसमेत फोरमले सुझाएको छ ।
कानून ब्यवसायीहरुको छाता संगठन नेपाल बार एशोसिशएनले पनि १५ दिने अल्टिमेटम नै दिएर प्रधानन्यायाधीशको प्रतिवद्धता खोजेको छ ।
न्यायपालिकामा हुनसक्ने विकृति, विसंगति, अनियममितता वा भ्रष्टाचार एवं विचौलियाबाट हुनसक्ने क्रियाकलापहरू रोकथामका लागि आवश्यक कानूनी, संरचनागत लगायतका उपायहरूसहितको प्रतिवेदन र सुझावहरू कार्यान्वयनका लागि जिम्मेवारीसहितको कार्ययोजना प्रस्ताव गर्न’ गठित अध्ययन समितिको प्रतिवेदन कार्यान्वयन गर्न प्रधानन्यायाधीश राणाले आलटाल गरेको बारले आरोप लगाएको छ ।
स्वचालित पेशी प्रणाली लागू गराउन वा गोला (राफल) प्रणालीबाट पेशी तोक्ने ब्यवस्था मिलाउन समितिले सुझाएको थियो ।
गत साउनमा नै आगामी मंसिरदेखि अदालतमा पेशी तोक्दा गोला प्रथाबाट तोकिने भनिए पनि प्रधानन्याधीसले आलटाल गरिरहेको कानून ब्यवसायीहरुको आरोप छ ।
न्यायाधीशको नियुक्ति, सरुवा, बढुवा र कारबाहीको जिम्मेवारी पाएको परिषद्को काम प्रभावकारी हुन नसकेको लगायतका विषयमा पनि अध्ययन समितिको प्रतिवेदनमा उल्लेख छ ।
राजनीतिक दलहरुले आँखा चिम्लिए
२०६२/६३ को जनआन्दोलन यता तत्कालिन नेकपा माओवादीले न्यायालय सुधारको आवाज उठाउँदै आएको थियो । तत्कालिन माओवादीवृत्तबाट न्यायालयको निश्पक्षतामा प्रश्न उठाए पनि अन्य राजनीतिक दलहरुले औंला उठाउन सकेका छैनन् ।
पछिल्लो समय केपी शर्माओलीलाई अपदस्त गरी कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गरिएपछि भने न्यायालयमाथि ओलीले बारम्बार प्रश्न उठाउँदै आएका छन् ।
जनताबाट अनुमोदित प्रधानमन्त्री हटाएर परमादेशबाट देउवालाई प्रधानमन्त्री बनाइएको भन्दै ओलीले अदालतप्रति पनि ब्यङ्ग्य गर्दै आएका छन् ।
सम्बन्धित समाचार
प्रधानन्यायाधीशको आचरणमा पूर्वन्यायाधीश फोरमकै शंका
प्रधानन्यायाधीसलाई बारको १५ दिने अल्टिमेटम
के छन् समस्या, समाधानका लागि के गर्दैछ सर्वोच्च









दोलखामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु
एनपिएलः अर्धशतकको सङ्ख्या ३५ पुग्यो
गोरखाको रिपुम गुम्बामा आगालागी, तीनतले आवास भवन जलेर नष्ट
आजकाे एनपीएल: कर्णालीले जनकपुरलाई ३ रनले हरायो
अन्तिम खेलमा जनकपुरविरुद्ध कर्णाली विजयी
देउवा भेट्न महाराजगञ्ज पुगे ओली
बालुवाटारमा सर्वपक्षीय बैठक, को–को छन् सहभागी ?
एनपिएलमा आज : लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै
संयुक्त बैठकले निर्वाचनको बलियो वातावरण बनेको छ : सञ्चारमन्त्री खरेल
कारागारमा सुरक्षाकर्मीसँग चिनजान, घरमा गएर विभत्स हत्या
प्रतिक्रिया