महंगो भाडा असुल गर्ने सवारीलाई कारबाही
मेरोन्यूज
२०७८ कार्तिक ७ गते ७:३६

वीरगञ्ज । चाडपर्वको मौका छोपी सार्वजनिक सवारीमा यात्रा गर्नेसँग महंगो भाडा असुल गर्ने १३ सवारीलाई प्रदेश नं २ ट्राफिक प्रहरी कार्यालय पथलैयाले कारबाही गरेको छ । सवारी तथा यातायात व्यवस्था ऐन २०४९ अनुसार ती सवारीलाई कारबाही तथा ५० यात्रुबाट लिइएका बढी भाडा फिर्ता गराइएको कार्यालयका सूचना अधिकृत एवं प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारले जानकारी दिए ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्सा र महोत्तरीको संयुक्त पहलमा सुमो, हाइस र बस गरी १३ सार्वजनिक सवारीलाई कारबाही गरिएको जनाइएको छ । यसैबीच चाडपर्वलाई यस कार्यालय तथा मातहत कार्यालयबाट सवारी जाँच गर्दा मादक पदार्थ सेवन गरी चलाएका साना तथा ठूला गरी ५७ सवारीलाई कारबाही गरेको जनाएको छ । यसबाट ५७ हजार ५०० राजश्व संकलन भएको जनाइएको छ । रासस
सम्बन्धित











Corruption Movements to National Politics: Nepal’s New Alliance Explained
नवौँ एनभिए भलिबल च्याम्पियनसिप अन्तर्गतरुकुम पश्चिम सेमिफाइनलमा
६४ दलले बुझाए समानुपातिकको बन्द सूची
कांग्रेसले बुझायो समानुपातिक उम्मेदवारकाे सूची
ग्यास बोकेको ट्याङ्कर दुर्घटना हुँदा पूर्वपश्चिम महेन्द्र राजमार्ग अवरुद्ध
शून्यदेखि सगरमाथाले पायो बेस्ट एसियन फिल्म अवार्ड
प्रतिक्रिया