ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
मेरोन्यूज
२०७८ कार्तिक ७ गते ८:५६

सुरुङ्गा । पूर्व–पश्चिम राजमार्गको कनकाई नगरपालिका–९ लक्ष्मीपुर सडकखण्डमा भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । शनिबार साँझ पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्र१–०१–००१ख ३५२० नंको ट्रक र विपरीत दिशातर्फ गइरहेको मे५प ८४७२ नंको मोटरसाइकल आपसमा ठक्कर खाँदा मोटरसाइकल चालकको मृत्यु भएको हो ।
मृत्यु हुनेमा अर्जुनधारा नगरपालिका–३ का २७ वर्षीय निश्चल खनाल रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ट्रकको ठक्करबाट मोटरसाइकल चालक खनाल गम्भीर घाइते भएपछि तत्काल उपचारका लागि बिर्तामोडस्थित बिएण्डसी अस्पताल पु¥याइए पनि उनको उपचारकै क्रममा निधन भएको प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए ।
सम्बन्धित
















कोहलपुरमा अतिक्रमित जग्गा खाली गर्न सुरु
कांग्रेस-एमालेबाहेक प्रदेशमा अर्को सरकार बन्दैन : गगन थापा
पूर्वकर्मचारीको अनुभवले संस्थागत क्षमता थप सुदृढ हुन्छः महानिरीक्षक पौडेल
विधिद्वारा स्थापित पद्धति र परम्परा पालनामा हुनुपर्छ: राष्ट्रपति
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया