दार्चुला काँग्रेस सभापतिमा बोहरा र धामी प्रमुख दाबेदार

कैलाली । नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत दार्चुलामा जिल्ला अधिवेशन हुन बाँकी छ । पालिकास्तरको अधिवेशन भइसकेपनि क्षेत्र र जिल्लाको अधिवेशन भने हुन बाँकी छ । जिल्ला सभापतिका लागि दुई जना आकांक्षी देखिएका छन् ।
बर्तमान सभापति ललितसिंह बोहरा र अर्का शैल्यशिखर नगरपालिका नगरप्रमुख अमरसिंह धामी आकांक्षी छन् । सभापति बोहरा पौडेल पक्ष हुन् भने धामी देउवा पक्षका हुन् ।
‘क्षेत्रको र जिल्लाको महाअधिवेशन तिहारपछि निर्वाचन अधिकृतसंग बसेर सल्लाह गर्ने तयारीमा छौं,’ नेपाली काँग्रेस दार्चुलाका पार्टी सभापति बोहराले भने । उनले एउटा टिम आफनो र दुई तीन जना अरु पनि आकांक्षी रहेको बताए ।
‘शैल्यशिखर नगरपालिकाका मेयरले पनि सभापतिका लागि घोषणा गरेका छन्, ‘उनले भने, को हुन्छ थाहा छैन ।’ शैल्यशिखर नगरपालिका नगरप्रमुख धामीले जिल्ला सभापतिको आकांक्षी रहेको बताए । ‘सभापतिमा लडने तयारी छ,’ उनले भने ।
पार्टीको विधान अनुसार एक सभापतिसहित दुई जना उपसभापति, दुई जना सचिव, दुई जना सहसचिव र एक जना कोषाध्यक्ष रहने व्यवस्था छ । प्रदेश र जिल्लामा देउवा पक्ष भन्दा पौडेल पक्ष बलियो देखिएको छ ।
प्रतिक्रिया