शुक्रबार, वैशाख २५, २०८३

आइओएमले एकैपटक बढायो ६ हजार ५ सय परीक्षा शुल्क, विद्यार्थीको विरोध

मेरोन्यूज २०७८ कार्तिक ८ गते ११:५६

काठमाडौं । चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम)ले चिकित्सा शिक्षा स्नातक तहको परीक्षा शुल्क बढाएको छ। आइओएमले एक सूचना परीक्षा शुल्क बढाएको जनाएको छ।

Advertisement
NiccNicc

उक्त पत्र आइओएमले सम्बन्धन दिएका मेडिकल कलेजहरुलाई परीक्षा शुल्क बढाएको भन्दै पत्र समेत पठाइसकेको छ। पत्र अनुसार अन्डर ग्य्राजुयट (स्नातक तह) तहको नियमित परीक्षामा मेडिकल कलेजहरुले एक जना विद्यार्थीसँग प्रतिवर्ष ९ हजार शुल्क लिन पाउने भएका छन्।

यसअघि स्नातक तहको नियमित परीक्षा शुल्क २५ सय मात्र थियो। आइओएमले परीक्षा शुल्क झन्डै ४ गुणा बढाएपछि विद्यार्थीहरुले बिरोध गरेका छन्। चिकित्सा शिक्षाका विद्यार्थीहरुले यस विरुद्ध आवश्यक कदम चाल्ने चेतावनी समेत दिएका छन्।

आइओएमले सम्बन्धन प्राप्त कलेजका प्रतिनिधिहरुबीच परीक्षा शुल्क निर्धारण गर्ने सम्बन्धमा छलफल गरी शुल्क कायम गरेको जनाएको छ। तर यसरी शुल्क निर्धारण गर्दा आइओएमले चिकित्सा शिक्षा आयोगसँग स्वीकृति लिनुपर्ने हुन्छ।

चिकित्सा शिक्षा अध्यापन गर्ने काठमाडौं विश्वविद्यालय लगायत विभिन्न विश्वविद्यालय मातहतका कलेजहरुबाट लिइने परीक्षा सञ्चालन शुल्कलाई आधार मानी शुल्क निर्धारण गरिएको आइओएमले जनाएको छ।

प्रतिक्रिया