आइओएमले एकैपटक बढायो ६ हजार ५ सय परीक्षा शुल्क, विद्यार्थीको विरोध

काठमाडौं । चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम)ले चिकित्सा शिक्षा स्नातक तहको परीक्षा शुल्क बढाएको छ। आइओएमले एक सूचना परीक्षा शुल्क बढाएको जनाएको छ।
उक्त पत्र आइओएमले सम्बन्धन दिएका मेडिकल कलेजहरुलाई परीक्षा शुल्क बढाएको भन्दै पत्र समेत पठाइसकेको छ। पत्र अनुसार अन्डर ग्य्राजुयट (स्नातक तह) तहको नियमित परीक्षामा मेडिकल कलेजहरुले एक जना विद्यार्थीसँग प्रतिवर्ष ९ हजार शुल्क लिन पाउने भएका छन्।
यसअघि स्नातक तहको नियमित परीक्षा शुल्क २५ सय मात्र थियो। आइओएमले परीक्षा शुल्क झन्डै ४ गुणा बढाएपछि विद्यार्थीहरुले बिरोध गरेका छन्। चिकित्सा शिक्षाका विद्यार्थीहरुले यस विरुद्ध आवश्यक कदम चाल्ने चेतावनी समेत दिएका छन्।
आइओएमले सम्बन्धन प्राप्त कलेजका प्रतिनिधिहरुबीच परीक्षा शुल्क निर्धारण गर्ने सम्बन्धमा छलफल गरी शुल्क कायम गरेको जनाएको छ। तर यसरी शुल्क निर्धारण गर्दा आइओएमले चिकित्सा शिक्षा आयोगसँग स्वीकृति लिनुपर्ने हुन्छ।
चिकित्सा शिक्षा अध्यापन गर्ने काठमाडौं विश्वविद्यालय लगायत विभिन्न विश्वविद्यालय मातहतका कलेजहरुबाट लिइने परीक्षा सञ्चालन शुल्कलाई आधार मानी शुल्क निर्धारण गरिएको आइओएमले जनाएको छ।











जेनजी घटनापछि सबैकाे आलोचना हामीले खेपिरहेका छाैं : प्रधानमन्त्री
सबै दल एकजुट भएर अघि बढे निर्वाचन राेकिँदैन : प्रधानमन्त्री कार्की
अपहरणमा परे १८ कोलम्बियाली सैनिक
जेनजी आन्दोलन : मानव अधिकार आयोग पुगेर मेयर बालेनले दिए बयान
HoR elections to proceed as scheduled: Minister Ghising
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
कार्की ब्याङ्क्वेटमा ईश्वर पोखरेल समूहको भेला
३८ हजार सहकारी पीडितले बचत फिर्ता पाउने
प्रतिक्रिया