देशभर थप ७७६ जनामा कोरोना संक्रमण, १३ जनाको मृत्यु
मेरोन्यूज
२०७८ कार्तिक ८ गते १६:३८

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ७७६ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
देशभरका विभिन्न प्रयोगशालामा ८ हजार २८४ जनामा पीसीआर परीक्षण गर्दा ६७३ जना र २ हजार ५८० जनामा एन्टीजेन परिक्षण गर्दा १०३ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
यस्तै, सोही अवधिमा कोरोना संक्रमणवाट १३ जनाको मृत्यु भएको छ । योसँगै हालसम्म कोरोना संक्रमणवाट ११ हजार ३६१ जनाको मृत्यु भएको मन्त्रालयले अध्यावधिक गरेको विवरणमा उल्लेख छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५०१ ज्ना कोरोना संक्रमणमुक्त भएका छन् ।
योसँगै नेपालमा कोरोना जित्नेको संख्या ७ लाख ८८ हजार ८ जना पुगेको छ ।
सम्बन्धित
















मन्त्री वादीसँग राजदूत लोरेन्जोको शिष्टाचारबीच
नौ महिनामा एक हजार बढीको शल्यक्रिया
कीर्तिपुर हत्या प्रकरण : तीन जना पक्राउ
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया