गोबिन्द केसीले प्रधानन्यायाधीशको राजीनामा मागे

काठमाडौं । चिकित्सा शिक्षा सुधारको पक्षमा आन्दोलन गर्दै आएका बरिष्ठ चिकित्सक डा. गोविन्द केसीले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग गरेका छन् ।
केसीले सोमवार विज्ञप्ति जारी गर्दै प्रधानन्यायाधीस राणाको राजीनामा मागेका हुन् ।
प्रधानन्यायाधीश राणाकै कारण न्यायालय बदनाम भएको डा. केसीको तर्क छ । ‘न्यायालयको स्वतन्त्रता र स्वच्छताको रक्षाको लागि तत्काल उहाँको राजीनामको माग गर्दछौं ।’– डा.केसीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
राणाको पदीय हैसियतको अवज्ञा गर्न सरोकारवालालाई उनले अपिलसमेत गरेका छन् ।
सोमवार मात्रै सर्वोच्च अदालतका १४ जना न्यायाधीसहरुको बैठकले प्रधानन्यायाधीसलाई राजीनामा दिएर मार्ग प्रशस्त गर्न माग गर्ने निर्णय गरेको छ ।
कानून ब्यवसायीहरुको छाता संगठन नेपाल बार एशोसियसनले पनि प्रधानन्यायाधीसलाई न्यायालयका विकृति विसंगति सुधार्न माग गर्दै आएका छन् ।
सोमवार नै प्रधानान्यायाधीश राणाले बारसहित अदालतको फूलकोर्ट बैठक डाकेका थिए ।
















कोहलपुरमा अतिक्रमित जग्गा खाली गर्न सुरु
कांग्रेस-एमालेबाहेक प्रदेशमा अर्को सरकार बन्दैन : गगन थापा
पूर्वकर्मचारीको अनुभवले संस्थागत क्षमता थप सुदृढ हुन्छः महानिरीक्षक पौडेल
विधिद्वारा स्थापित पद्धति र परम्परा पालनामा हुनुपर्छ: राष्ट्रपति
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया