मंगलबार, फागुन ६, २०८१

दुई वर्षपछि काठमाडौंमा मेला लाग्यो

मेरोन्यूज २०७८ कार्तिक ८ गते १८:२७

काठमाडौं । कोरोना संक्रमण फैलिएपछि झण्डै दुई वर्षदेखि मेला महोत्सवहरु हुन नसकिरहेकाबेला सोमबारबाट काठमाडौंमा हस्तकला कोसेली मेला सुरु भएको छ ।

नेपाल हस्तकला महासंघ र भाटभटेनीको संयुक्त आयोजनामा आजबाट नक्सालको भाटभटेनीमा हस्तकला कोसेली मेला सुरु भएको हो । मेला कात्तिक १६ गतेसम्म सञ्चालन हुने छ ।

Advertisement
IMEnabil



सोमवारदेखि १० गतेसम्म काठमाडौंको नक्सालमा सञ्चालन हुनेछ भने कात्तिक ११ देखि १३ गतेसम्म भक्तपुरको ठिमी र १४ गतेदेखि १६ गते ललितपुरको कृष्णगल्लीमा रहेको भाटभटेनी स्टोरमा सञ्चालन हुने मेलाका संयोजक विक्रमसिंह महर्जनले जानकारी दिए ।

२५ वटा स्टल रहने मेलाको मुख्य उद्देश्य हस्तकला सामाग्रीको आन्तरिक बजारमा विस्तार एवं प्रवर्धन रहेको महर्जनले बताए ।

कोरोना भाइरसका कारण थला परेको हस्तकला क्षेत्र विस्तारै चलायमान बनाउँदै लैजान मेलाले सहयोग पुग्ने आयोजकको विश्वास छ ।

प्रतिक्रिया