दुई वर्षपछि काठमाडौंमा मेला लाग्यो

काठमाडौं । कोरोना संक्रमण फैलिएपछि झण्डै दुई वर्षदेखि मेला महोत्सवहरु हुन नसकिरहेकाबेला सोमबारबाट काठमाडौंमा हस्तकला कोसेली मेला सुरु भएको छ ।
नेपाल हस्तकला महासंघ र भाटभटेनीको संयुक्त आयोजनामा आजबाट नक्सालको भाटभटेनीमा हस्तकला कोसेली मेला सुरु भएको हो । मेला कात्तिक १६ गतेसम्म सञ्चालन हुने छ ।

सोमवारदेखि १० गतेसम्म काठमाडौंको नक्सालमा सञ्चालन हुनेछ भने कात्तिक ११ देखि १३ गतेसम्म भक्तपुरको ठिमी र १४ गतेदेखि १६ गते ललितपुरको कृष्णगल्लीमा रहेको भाटभटेनी स्टोरमा सञ्चालन हुने मेलाका संयोजक विक्रमसिंह महर्जनले जानकारी दिए ।
२५ वटा स्टल रहने मेलाको मुख्य उद्देश्य हस्तकला सामाग्रीको आन्तरिक बजारमा विस्तार एवं प्रवर्धन रहेको महर्जनले बताए ।
कोरोना भाइरसका कारण थला परेको हस्तकला क्षेत्र विस्तारै चलायमान बनाउँदै लैजान मेलाले सहयोग पुग्ने आयोजकको विश्वास छ ।















रोशीमा बाढी आउँदा बिपी राजमार्ग बन्द
घुस लिएको आरोपमा सई दिनेश राउतविरुद्ध मुद्दा दायर
तेह्रथुममा नौ दिनदेखि हराइरहेकी महिला मृत फेला
सुदन किराँती श्रम संस्कृति पार्टीमा प्रवेश, हर्कले गरे स्वागत
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया