मन्त्रिपरिषद्को निर्णय
धानबालीको क्षति अध्ययन गर्न सरकारले कार्यदल बनायो

काठमााडौं । बेमौसमी वर्षाले पु¥याएको धानबालीको क्षतिबारे अध्ययन गर्न सरकारले कार्यदल बनाएको छ ।
मन्त्रिपरिषदको सोमवार बसेको बैठकले गृहमन्त्रालयका सचिव टेकनारायण पाण्डेको संयोजकत्वमा अध्ययन कार्यदल बनाएको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
गृह मन्त्रालयका सचिवको संयोजकत्वमा गठित कार्यदलमा कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव, अर्थ मन्त्रालयका सचिव, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव, संघीय मामिला तथा सामान्य प्रशासनका सचिव र राष्ट्रिय योजना आयोगका सचिव सदस्य रहेको कार्यदल गठन गर्ने मन्त्रिपरिषदले निर्णय गरेको उनले जानकारी दिए ।
उक्त कार्यदललाई तीन दिनभित्र प्रतिवेदन पेस गर्न भनिएको छ ।
बेमौसमी वर्षाका कारण प्रदेश १, लुम्बिनी प्रदेश, सुदूरपश्चिममा धानबालीमा ठूलो क्षति पुगेको छ ।
प्रहरीको रासन १५ प्रतिशत वृद्धि
सरकारले प्रहरीको रासनको दररेटमा १५ प्रतिशत वृद्धि गर्ने भएको छ ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल प्रहरी र सशस्त्र प्रहरीको रासनको दररेट १५ प्रतिशतले बढाएर उपलब्ध गराउने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार कार्कीले जानकारी दिए ।
त्यसैगरी, सरकारले नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा डा. रविन्द्र घिमिरेलाई नियुक्त गरेको छ ।
मन्त्रिपरिषद् वैठकमा कम्पनीको सदस्यमा भने मदन पोखरेललाई नियुक्त गरेको छ ।
यस्तै, बैठकले कोभिड–१९ को महामारीबाट प्रभावित अतिविपन्न परिवारलाई नगद हस्तान्तरण कार्यविधि, २०७८ पनि मन्त्रिपरिषद्ले स्वीकृत गरेको छ ।
यो पनि,
वायूसेवा निगमको कार्यकारी अध्यक्षमा अधिकारी नियुक्त









दोलखामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु
एनपिएलः अर्धशतकको सङ्ख्या ३५ पुग्यो
गोरखाको रिपुम गुम्बामा आगालागी, तीनतले आवास भवन जलेर नष्ट
आजकाे एनपीएल: कर्णालीले जनकपुरलाई ३ रनले हरायो
अन्तिम खेलमा जनकपुरविरुद्ध कर्णाली विजयी
देउवा भेट्न महाराजगञ्ज पुगे ओली
बालुवाटारमा सर्वपक्षीय बैठक, को–को छन् सहभागी ?
एनपिएलमा आज : लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै
कारागारमा सुरक्षाकर्मीसँग चिनजान, घरमा गएर विभत्स हत्या
आज मंसिर १९ गते शुक्रबार, कस्ताे रहला तपाइकाे राशिफल ?
प्रतिक्रिया