एमालेको पालिका अधिवेशन आज
मेरोन्यूज
२०७८ कार्तिक ९ गते ८:०३

काठमाडौँ । नेकपा एमालेको पालिका अधिवेशन आज हुँदैछ । एमालेले पालिका अन्तगर्त स्थानीय तहको अधिवेशन आज गर्न लागेको हो । ७५३ स्थानीय तहमध्ये बाढी प्रभावीत बाहेकका सवै स्थानीय तहमा आज अधिवेशन गर्ने एमालेले जनाएको छ ।
सवै स्थानीय तहमा एकसाथ अधिवेशन गर्ने भनिए पनि बाढी प्रभावित पालिकामा केही समयपछि अधिवेशन गर्ने एमाले केन्द्रीय कार्यालयका सचिव शेर बहादुर तामाङले जानकारी गराए । यसअघि शनिबार गरिएको वडा अधिवेशनमा पनि एमालेले बाढी प्रभावित वडाको अधिवेशन रोकेको थियो ।
राष्ट्रिय महाधिवेशन तयारीमा रहेको एमालेले वडा अधिवेशनपछि आज गाउँपालिका र नगरपालिकामा अधिवेशन गर्दैछ । एमालेले ६ गते वडा अधिवेशन सम्पन्न गरेको छ । नयाँ नेतृत्वका लागि एमालेको राष्ट्रिय महाधिवेशन मंसिर १० देखि १२ सम्म चितवनमा हुँदैछ ।
सम्बन्धित
















कोहलपुरमा अतिक्रमित जग्गा खाली गर्न सुरु
कांग्रेस-एमालेबाहेक प्रदेशमा अर्को सरकार बन्दैन : गगन थापा
पूर्वकर्मचारीको अनुभवले संस्थागत क्षमता थप सुदृढ हुन्छः महानिरीक्षक पौडेल
विधिद्वारा स्थापित पद्धति र परम्परा पालनामा हुनुपर्छ: राष्ट्रपति
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया