सोमबार, फागुन १८, २०८२

राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष ढुंगेलको बिदाइ

मेरोन्यूज २०७८ कार्तिक ९ गते १०:०४

काठमाडौँ । राष्ट्रिय युवा परिषद्ले पाँच वर्ष परिषद्का कार्यकारी उपाध्यक्षका रूपमा कार्यभार सम्हालेका माधवप्रसाद ढुंगेललाई बिदाइ गरेको छ । परिषद् स्थापनाकालदेखि कार्यकारी उपाध्यक्ष रहँदै आएका उनलाई गत कात्तिक १ गतेको मन्त्रिपरिषद् बैठकले हटाउने निर्णय गरेपछि सोमबार सानोठिमीस्थित परिषद् कार्यालयबाट बिदाइ गरिएको हो ।

Advertisement
nepal life insurencenepal life insurence

बिदाइ कार्यक्रममा ढुंगेलले आफू उपाध्यक्ष हुँदा परिषद्लाई युवाको नेतृत्व विकास र उद्यमशीलताका क्षेत्रमा महत्वपूर्ण काम गर्न सफल भएको दाबी गरे । उनले पाँच वर्षमा आफूले गरेको कामको प्रगतिबारे जानकारी गराउँदै देशभरका युवाको सरोकार र आशा तथा भरोसाको केन्द्र परिषद् बनेको दाबी गरे ।

स्वदेशमा रहेकादेखि विदेशबाट फर्किएका युवाले अब देशमै केही गर्नुपर्छ भन्ने अवस्थामा परिषद्ले पु¥याएको बताउँदै उनले बिनाधितो र बिनाब्याज ऋण उपलब्ध गराउने कार्यक्रमले युवालाई स्वदेशमै उद्यमी बन्न प्रेरणा मिलेको उल्लेख गरे । युवालाई सीप र रोजगारसँग जोडेर स्वदेशमै स्वरोजगारको सिर्जना गर्न अभिप्रेरित गरेको चर्चा गर्दै ढुंगेलले सहुलितपूर्ण कर्जाले एक लाख १२ हजार, युवा उद्यम समूहलाई ५ लाखका दरले उद्यमका लागि हालसम्म ३९७ समूहलाई बिनाधितो, बिनाब्याज ऋण प्रवाह गरिएको बताए । दिगो विकासलाई उद्यमसँग जोड्दै एक शिक्षण संस्था एक उद्यम कार्यक्रम लागू गर्न सकै वर्षमा ३५ हजार युवा उद्यमी जन्मिने उनको भनाइ छ ।

कार्यक्रममा परिषद्का प्रशासकीय अधिकृत डा बाबुराम ढुङ्गानाले ढुंगेलको कार्याकालमा युवालाई नेतृत्व विकास गर्न कोशेढुङ्गा सावित भएको चर्चा गर्दै थोरै बजेटमा पनि युवाका क्षेत्रमा धेरे काम गर्दै सहुलियपूर्ण कर्जा, नमूना युवा संसद्जस्ता लोकप्रिय कार्यक्रम सञ्चालन भएको बताए । परिषद्का कार्यकारी सदस्य तिलोत्तम पौडेलले उपाध्यक्ष ढुंगेलले युवालाई सहुलितपूर्ण कर्जा, बिनाधितो ऋण प्रवाह, नमूना युवा संसद्, युवा नवप्रवद्र्धन केन्द्रजस्ता उपलब्धिमूलक काम भएको बताए ।

विगत चार वर्षदेखि युवालाई संसदीय व्यवस्थाबारे जानकारी गराउने उद्देश्यले नमूना युवा संसद् अभ्यास कार्यक्रम गर्दै हालसम्म ९१ स्थानीय तह, सात प्रदेश र एक संघीय तह गरी जम्मा १८४ तहमा नमूना युवा संसद्को अभ्यास भएको बताए । देशभरका युवालाई जोड्न उनले युवा क्लब सञ्जाललगायत विभिन्न सञ्जाल गठन गर्दै, एक शिक्षणसंस्था एक उद्यम कार्यक्रमको थालनी, एक स्थानीय तह, एक वडा, एक युवा क्लब, एक उद्यम कार्यक्रम मोडल, राष्ट्रपति युवा महिला उद्यमको मोडेलजस्ता कार्यक्रम अगाडि सारेको बताए । ढुंगेलले युवालाई सकारात्मक सोच, लागुपदार्थ दुव्र्यसनीविरुद्धको सचेतना, उद्यमशीलता र रोजगार, कानूनी साक्षरता र साइवर अपराधलगायत विषयमा मागमा आधारित निःशुल्क परामर्श सेवा प्रदान हालसम्म १८ हजार युवालाई तालिम दिएको बताए ।

प्रतिक्रिया