वीर र टिचिङ अस्पतालले सुरु गर्यो अनलाईन ल्याब रिर्पोट सेवा,अब बिरामीले मोबाइलमै हेर्न पाउने

काठमाडौं । वीर अस्पताल र त्रिवि शिक्षण अस्पतालले प्रयोगशाला परीक्षणको रिपोर्ट अनलाइन मार्फत उपलब्ध गराउन थालेको छ।
अब बिरामीले प्रयोगशाला परीक्षण रिपोर्ट लिन अस्पतालमा पुगेर घण्टौंसम्म लाइन बस्नुपर्ने बाध्यताको अन्त्य भएको अस्पतालले जनाएको छ।
वीर अस्पतालमा प्रमुख कार्यकारी अधिकारी डा.भूपेन्द्र बस्नेतले वीरमा प्रयोगशालासँग सम्बन्धित सबै रिपोर्टहरु अब अनलाइन मार्फत नै उपलब्ध गराउन थालिएको जानकारी दिए।
उनका अनुसार बिरामीले ल्याब परीक्षण गराउँदा फोन नम्बर वा ईमेलमा उपलब्ध गराउँनु पर्ने हुन्छ पछि रिपोर्ट हेर्न मिल्ने लिंक त्यही नम्बर मा म्यासेज आउछ, वा ईमेलमा पनि आउँछ, म्यासेजमा भएको लिंक खोलेपछि रिपोर्ट हेर्न सकिन्छ ।
सेवा सुरु भइसकेकाले अब ल्याब रिपोर्ट प्राप्त गर्नकै लागि बिरामीले अस्पतालमा पुगेर लाइन बसिरहन बाध्यता हटेको उनले बताए। उनले भने “वीर अस्पतालमा प्रयोगशाला परीक्षणका लागि बिहान ७ बजेदेखि नै सेवा दिइएको छ ।”
वीरमा हरेक दिन प्रयोगशाला परीक्षणका लागि ५ देखि ७ सय बिरामीहरु आउने गरेका छन्।
यता,त्रिवि शिक्षण अस्पतालका सूचना अधिकारी रामविक्रम अधिकारीले अस्पतालले अनलाइनबाटै बिरामीलाई प्रयोगशालाको रिपोर्ट उपलब्ध गराउन थालेको बताए ।
उनका अनुसार यस अस्पतालमा उपचारका लागि आउँने बिरामीले प्रयोगशाला परीक्षणको रिपोर्ट अनलाइन मार्फत प्राप्त गर्न सक्नेछन्। तर त्यसको लागि बिरामीले ल्याब परीक्षण शुल्क बुझाएको बीलमा भएको लिंक खोल्नुपर्छ।
बीलमा भएको युजर नेम र पासवर्ड राखेर लगिन गरेपछि एउटा पेज खुल्छ, त्यस पेजको माथिल्लो भागको बायाँ तर्फ रहेको सेलेक्ट स्याम्पल नम्बर अप्सनमा क्लिक गरेर बीलको मिति टाइप गरेपछि रिपोर्ट हेर्न सकिने उनको भनाई छ ।
















गाजामा भएको इजरायली आक्रमणमा ७ जनाको मृत्यु
वैश्विक चुनौतीको सामना गर्न सहकार्य र सामूहिक जिम्मेवारी आवश्यक छ: परराष्ट्रमन्त्री खनाल
जेनजी घाइतेलाई निःशुल्क एमबीबीएस नियम विपरीत छैन : शिक्षा मन्त्रालय
कम्युनिष्ट आन्दोलनलाई पुनःगठित गरेर अगाडि बढ्छौँ: महासचिव पोखरेल
इरानी प्रतिनिधिलाई सैन्य पोशाकमा र अमेरिकीलाई सुटमा स्वागत गरे पाकिस्तानी सेना प्रमुखले
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो ? (सूचीसहित)
वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
प्रतिक्रिया