छ महिनापछि खुल्यो ड्राइभिङ लाइसेन्सको अनलाइन आवेदन
मेरोन्यूज
२०७८ कार्तिक ९ गते १४:१८

काठमाडौं । सरकारले ६ महिनापछि ड्राइभिङ लाइसेन्सको अनलाइन आवेदन खुलाएको छ । वैशाख १६ गतेदेखि रोकिएको अनलाइन आवेदन मंगलबारबाट खुला गरिएको यातायात व्यवस्था विभागले जनाएको छ ।
यद्यपि आवेदनमा कोटा प्रणाली भने कायमै रहने विभागले सूचना प्रकाशित गरि जनाएको छ ।
विभागका प्रवक्ता लोकनाथ भुसालका अनुसार देशभरबाट २१ कार्यालयको आ–आफ्नो क्षमता अनुसारको कोटा अन्तर्गत आवेदन संकलन गर्दा दिनमा करिब ५ हजारमात्र आवेदन संकलन गरिने छ ।
लाइसेन्सको लागि नयाँ आवेदन बन्द भए पनि ट्रायल परीक्षा भने सुचारु गरिएको थियो ।
कोरोना महामारीअघिसम्म नयाँ लाइसेन्सको आवेदन दिनेको संख्या दैनिक ८ हजार जनाको थियो ।
लामो समयसम्म आवेदन बन्द हुँदा लाइसेन्सको माग बढ्ने अनुमान विभागको छ ।
सम्बन्धित








आज २०८२ साल मंसिर २२ गते सोमबारको राशिफल
दोलखामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु
एनपिएलः अर्धशतकको सङ्ख्या ३५ पुग्यो
देउवा भेट्न महाराजगञ्ज पुगे ओली
बालुवाटारमा सर्वपक्षीय बैठक, को–को छन् सहभागी ?
संयुक्त बैठकले निर्वाचनको बलियो वातावरण बनेको छ : सञ्चारमन्त्री खरेल
जनकपुरलाई हराउँदै लुम्बिनी लायन्स प्लेअफमा, ३ वटा टोली प्लेअफ होडबाट बाहिर
प्रतिक्रिया