छ महिनापछि खुल्यो ड्राइभिङ लाइसेन्सको अनलाइन आवेदन
मेरोन्यूज
२०७८ कार्तिक ९ गते १४:१८

काठमाडौं । सरकारले ६ महिनापछि ड्राइभिङ लाइसेन्सको अनलाइन आवेदन खुलाएको छ । वैशाख १६ गतेदेखि रोकिएको अनलाइन आवेदन मंगलबारबाट खुला गरिएको यातायात व्यवस्था विभागले जनाएको छ ।
यद्यपि आवेदनमा कोटा प्रणाली भने कायमै रहने विभागले सूचना प्रकाशित गरि जनाएको छ ।
विभागका प्रवक्ता लोकनाथ भुसालका अनुसार देशभरबाट २१ कार्यालयको आ–आफ्नो क्षमता अनुसारको कोटा अन्तर्गत आवेदन संकलन गर्दा दिनमा करिब ५ हजारमात्र आवेदन संकलन गरिने छ ।
लाइसेन्सको लागि नयाँ आवेदन बन्द भए पनि ट्रायल परीक्षा भने सुचारु गरिएको थियो ।
कोरोना महामारीअघिसम्म नयाँ लाइसेन्सको आवेदन दिनेको संख्या दैनिक ८ हजार जनाको थियो ।
लामो समयसम्म आवेदन बन्द हुँदा लाइसेन्सको माग बढ्ने अनुमान विभागको छ ।
सम्बन्धित
















कोहलपुरमा अतिक्रमित जग्गा खाली गर्न सुरु
कांग्रेस-एमालेबाहेक प्रदेशमा अर्को सरकार बन्दैन : गगन थापा
पूर्वकर्मचारीको अनुभवले संस्थागत क्षमता थप सुदृढ हुन्छः महानिरीक्षक पौडेल
विधिद्वारा स्थापित पद्धति र परम्परा पालनामा हुनुपर्छ: राष्ट्रपति
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया