थप ६६६ जनामा कोरोना संक्रमण, ११ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभरबाट थप ६६६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
९ हजार ७ सय ७१ जनाको पीसीआर परीक्षण गर्दा ५६९ जना र दुई हजार २ सय ४९ जनाको एन्टिजेन परीक्षण गर्दा ९७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख १० हजार २९८ पुगेको छ ।
पछिल्लो २४ घण्टाको अवधिमा कोरोना संक्रमण पुष्टी भएका थप ११ जनाको मृत्यु भएको छ ।
योसहित मृत्यु हुनेको संख्या ११ हजार ३७२ पुगेको छ ।
यस्तै, पछिल्लो २४ घण्टामा ६ सय २२ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसहित कोरोना संक्रमणमुक्त हुनेको संख्या ७ लाख ८८ हजार ६३० जना पुगेको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या १० हजार २९६ रहेको छ । तीमध्ये ९ हजार ५१२ जना होम आइसोलेसनमा रहेका छन् भने ७८४ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।
कोरोनाका बिरामीमध्ये २५२ जना आईसीयू र ८० जना भेन्टिलेटरमा उपचाररत् रहेको मन्त्रालयले जनाएको छ ।













Gagan Thapa elected Nepali Congress Chairman
माघेसङ्क्रान्तिमा देवघाट जान निःशुल्क बस सेवा
माघेसङ्क्रान्ति मेला भर्न देवघाटमा भक्तजनको भीड
कांग्रेस सभापति गगन थापा र टिमलाई बाबुराम भट्टराईको शुभकामना
नेपालमा कन्टेन्ट खोज्ने प्रमुख प्लेटफर्मको रूपमा लोकप्रिय बन्दै टिकटक
कांग्रेस विशेष महाधिवेशनको कार्यविधि पारित
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
जसपा उपाध्यक्ष शिवलालको समूह र लिम्बुवान क्रान्तिकारी पार्टी नेकपामा समाहित
कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु
प्रतिक्रिया