मंसिरभित्रै महाधिवेशन सक्न देउवाको निर्देशन

काठमाडौं । नेपाली कांग्रेसकोमहाधिवेशन मंसिरभित्रै सक्ने गरी अगाडि बढाउन पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन समितिलाई आग्रह गरेका छन् ।
मंगलबार ४ बजेदेखि सिंहदरबारस्थित पार्टी संसदीय दलको कार्यालयमा बसेको बैठकमा सभापति देउवाले मंसिरभित्र महाधिवेशन सक्ने गरी कार्यतालिका बनाउन निर्वाचन समितिलाई आग्रह गरेका वरिष्ठ नेता रामचन्द्र पौडेलले बताए। कांग्रेसले १४ औं महाधिवेशन मंसिर ९ देखि १३ सम्म गर्ने भनेको छ। तर कार्यतालिका प्रभावित भइसकेको छ।
प्रदेश २ का आठ जिल्ला सहित १३ जिल्लामा वडा अधिवेशन अहिले सम्म भएको छैन् । भने २१ हिमाली जिल्लामा दशैअघि गर्ने भनेपनि हालसम्म १४ हिमाली जिल्लामा मात्र जिल्ला अधिवेशन भएको छ भने ७ हिमाली जिल्लामा कहिले अधिवेशन हुने भन्नेमै अन्योल देखिएको छ ।
आजको बैठकमा बरिष्ठ नेता पौडेलले आजको बैठकमा केन्द्रीय कार्यसमिति बैठक बोलाउन माग गरेको बताए । उक्त बैठकमा वरिष्ठ नेता पौडेल, सहमहामन्त्री डा.प्रकाशशरण महत, नेता कृष्णप्रसाद सिटौलासहित महादेव यादव नेतृत्वको निर्वाचन समितिका अधिकारी सहभागी थिए ।














आज कुन तरकारि एवम् फलफुलकाे मूल्य कती ?
इरानले अमेरिकासँग राखेको १० बुँदे योजनामा के छ ?
यस्तो छ आज (बुधबार) विदेशी मुद्राको विनिमयदर
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
पूर्वमन्त्री खड्कालाई थप ७ दिन थुनामा राख्न अनुमति
चितवनमा सहचालकले बस ब्याक गर्दा …
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
सभामुखमा डोलप्रसाद अर्याल निर्विरोध निर्वाचित, शपथ ग्रहण आजै
प्रतिक्रिया