सेवा सुविधा माग गर्दै खेलकूदमन्त्रीलाई ज्ञापनपत्र

काठमाडौं । नवनियुक्त युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहजराजलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए) ले आफ्ना सेवा सुविधा निश्चित गर्न माग गर्दै ज्ञापनपत्र बुझाएको छ ।
एनएनआईपिए अध्यक्ष दीपक श्रेष्ठको नेतृत्वमा मंगलबार युवा तथा खेलकुद मन्त्रालयको कार्यालयमा पुगरे मन्त्रीलाई ज्ञापनपत्र बुझाएका हुन् । एनएनआईपीएले राष्ट्रका लागि खेल खेलेका ओलम्पियन, तथा पदाधिकारीलाई सरकारले दिँदै आएको सेवा सुविधालाई निरन्तरता दिँन ज्ञापनपत्रबाट ध्यानाकर्षण गराएका छन् ।
ज्ञापनपत्र बुझाउने क्रममा ओलम्प्यिन दीपक विष्टले सम्मानित तरिकाले दिँदै आएको सेवालाई निरन्तरा दिन आग्रह गरे । उनले मन्त्री र सदस्य सचिव फेरिएपनि खेलाडी र ओलम्पियनका लागि बनेको फाइल अन्तिम चरणमा पुगेको भन्दै सम्मन्वय गरिदिन ओलम्पियन दीपक विष्टले मन्त्रीलाई आग्रह गरे ।
संघले बुझाएको ज्ञापनपत्रमा विभिन्न ८ बुँदागत मागहरु समेटिएको छ । ज्ञापनपत्रमा नवौं वृहत राष्ट्रिय खेलकुद तत्काल गर्नका लागि पहलकदमी गर्नुपर्ने, कोभिड खोप लगाएर खेलाडीको प्रशिक्षण सुरु गर्नुपर्ने, खेलाडी र पूर्व खेलाडीलाई सरकारले सामाजिक सुरक्षा लगायतका विभिन्न माग राखिएको छ ।
ज्ञापनपत्र बुझेपछि युवा तथा खेलकुद मन्त्री गहतराजले खेलमा जिवन विताएकालाई प्रदान गर्दै आएको सेवा सुविधालाई निरन्तरता दिने आश्वासन दिए ।
यस्तै मन्त्री महेश्वर गहतराजले राष्ट्रिय खेलकुद परिषदमा रिक्त सदस्य सचिवको प्रक्रिया छिट्टै अगाडि बढाउने बताएका छन् ।
संघले १३ औं सागमा स्वर्ण विजेता खेलाडीले आकर्षक पुरस्कार पाए पनि रजत र कांश्य पदक जित्नेको कुनै सम्बोधन नभएको भन्दै मन्त्रीको ध्यानाकर्षण गराएको थियो ।


















बढ्दो सम्बन्धविच्छेद : अधिकारको उपयोग कि विकृति ?
मौसम पूर्वानुमान : यी प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना
तराईमा बढ्दै तापक्रम, नेपालगन्जमा ४० डिग्री नाघ्यो
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
वैशाख शुक्ल तृतीयाः आज अक्षय तृतीया पर्व मनाइँदै
संसदीय दलको नेता छान्न कांग्रेसको निर्वाचन समितिले बोलायो बैठक
नेपाल धितोपत्र बोर्डको अध्यक्ष श्रेष्ठले दिए राजीनामा
माता तीर्थ औंसीको शुभकामना दिँदै बालेनले भने- म नेपाल आमा हाँसेको हेर्न चाहन्छु
अवहेलना मुद्दामा प्रधानमन्त्री बालेनलाई वारेस राख्न अनुमति
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
प्रतिक्रिया