गौरीगंगाकी उपमेयरको धम्कीः सिडिओको पनि टाउको फुटाउन तयार छौँ

कैलाली । कैलालीको गौरीगङ्गा नगरपालिकाकी उपप्रमुख अञ्चला चौधरीले कैलालीका प्रमुख जिल्ला अधिकारीको टाउको फुटाउन तयार रहेको बताएकी छिन् ।
गौरीगङ्गा नगरपालिकामा रहेको पार्टी कार्यालयबारे विवाद भएपछि दुई पार्टी नेकपा एमाले र नेकपा (एकीकृत समाजवादी) बीच विवाद भएको छ।
एमाले पार्टी कार्यालयमा तालाबन्दी गरेपछि त्यहाँ प्रशासनले ठुलो मात्रामा सुरक्षाकर्मी समेत परिचालन गरेको छ ।
सुरक्षाको लागि खटिएका प्रहरीसँग कुराकानी गर्दै उपमेयर चौधरीले भनिन् “भोलिका दिनमा यहाँ केही घटना परिघटना भयो भने त्यस्को जिम्मेवारी सिडिओ हुने ? हामी सिडिओको पनि टाउको फुटाउन तयार छौँ। तर सिडिओले सहमतिका लागि वातावरण जुटाउनपर्छ यहाँ।”
सोमबार दुवै पार्टीका कार्यकताहरुको सामान्य झडप समेत भएको थियो ।
सोमबार दिउँसो नेकपा ९एस०ले एमाले पार्टी कार्यालयमा तालाबन्दी गरेपछि त्यहाँ तनाव भएको हो ।
प्रतिक्रिया