गौरीगंगाकी उपमेयरको धम्कीः सिडिओको पनि टाउको फुटाउन तयार छौँ

कैलाली । कैलालीको गौरीगङ्गा नगरपालिकाकी उपप्रमुख अञ्चला चौधरीले कैलालीका प्रमुख जिल्ला अधिकारीको टाउको फुटाउन तयार रहेको बताएकी छिन् ।
गौरीगङ्गा नगरपालिकामा रहेको पार्टी कार्यालयबारे विवाद भएपछि दुई पार्टी नेकपा एमाले र नेकपा (एकीकृत समाजवादी) बीच विवाद भएको छ।
एमाले पार्टी कार्यालयमा तालाबन्दी गरेपछि त्यहाँ प्रशासनले ठुलो मात्रामा सुरक्षाकर्मी समेत परिचालन गरेको छ ।
सुरक्षाको लागि खटिएका प्रहरीसँग कुराकानी गर्दै उपमेयर चौधरीले भनिन् “भोलिका दिनमा यहाँ केही घटना परिघटना भयो भने त्यस्को जिम्मेवारी सिडिओ हुने ? हामी सिडिओको पनि टाउको फुटाउन तयार छौँ। तर सिडिओले सहमतिका लागि वातावरण जुटाउनपर्छ यहाँ।”
सोमबार दुवै पार्टीका कार्यकताहरुको सामान्य झडप समेत भएको थियो ।
सोमबार दिउँसो नेकपा ९एस०ले एमाले पार्टी कार्यालयमा तालाबन्दी गरेपछि त्यहाँ तनाव भएको हो ।
















मन्त्री वादीसँग राजदूत लोरेन्जोको शिष्टाचारबीच
नौ महिनामा एक हजार बढीको शल्यक्रिया
कीर्तिपुर हत्या प्रकरण : तीन जना पक्राउ
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया