सर्वोच्चका न्याधिशहरु छलफलमा जुट्दै, इजालस प्रभावित हुने

काठमाडौँ । सर्वोच्च अदालका न्यायाधिशहरु आज पनि छलफल गर्ने भएको छन् । प्रधानन्यायाधिश चालेन्द्र शमसेर जबराले राजीनामा दिनुपर्ने माग राख्दै आएका सर्वोच्चका १४ न्यायाधिश आज पनि छलफल गर्न लागेका हुन् ।
न्यायाधिशहरुले छलफल पछात प्रधानन्यायाधिश जबरासमक्ष लिखीत माग राख्ने बताइएको छ । न्यायाधिशहरु ११ बजे छलफलमा जुट्दै छन् । प्रधानन्यायाधिशले सरकारमा भाग खोजेको, न्यायालयको गरिमामा आँच आउने काम गरेको भन्दै उनको राजनीमा माग गरिएको छ । यसअघि सर्वोच्चका न्यायाधिशहरुले राजीनामा दिन मौखिक आग्रह गरेकोमा आज लिखित माग गर्ने बताएको छ ।
यस्तै नेपाल बार एशोसिएसन, सर्वोच्च बार एशोसिएसन र पूर्व प्रधानन्यायाधिशहरुले पनि प्रधानन्यायाधिश जबराको राजीनामा माग गरेका छन् । तर प्रधानन्यायाधिश जबराले कसैले राजीनामा माग्दैमा राजीनामा नदिने बताएका छन् । उनले प्रश्न उठेका सबै न्यायाधिशले राजीनामा दिए आफूले पनि दिने बताए । यस्तै न्यायाधिशहरु छलफलमा जुट्न थालेपछि सर्वोच्चका इजलास प्रभावित हुने भएका छन् । मंगलबार पनि इजलास प्रभावित भएका थिए ।
















नारायणघाट–बुटवल सडकः पूर्वी खण्डका पुल निर्माण सम्पन्न
प्रतिनिधिसभा सदस्य निर्वाचन : बैतडीमा एक हजार चार सय ४२ कर्मचारी खटाइने
कञ्चनपुरमा चुनावी सरगर्मी बढेसँगै चोक–चौतारीमा उम्मेदवारको व्यक्तित्व र ‘एजेन्डा’ माथि मन्थन
सर्लाहीमा सवारी दुर्घटनाः छ महिनामा २९ जनाको मृत्यु, १९० घाइते
एक तोला सुनको मूल्य ३ लाख ३९ हजार नाघ्याे, चाँदीकाे कति ?
डीपी अर्यालको संयोजकत्वमा रास्वपाले बनायाे निर्वाचन सम्पादन समिति
मध्यरातमा यसरी लुटपाट मच्चाउथ्यो विनय तामाङको समूहले
निर्वाचन सुरक्षाका लागि कुकुरसहितको संयुक्त गस्ती सुरु
प्रतिक्रिया