एमाले अधिवेशन : बाँकेका छ पालिकामा सर्वसम्मत

बाँके । बाँकेमा नेकपा (एमाले)ले छ स्थानीय तहमा सर्वसम्मत नेतृत्व चयन गरेको छ । दुई स्थानीय तहमा भने नेतृत्व चयन हुन नसकेपछि स्थगन भएको छ ।
नेपालगञ्ज उपमहानगरपालिकासहित छ स्थानीय तहमा सर्वसम्मत नेतृत्व चयन भए पनि कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिकामा मंगलबार रातिसम्म नेतृत्व चयन हुन नसकेपछि स्थगन भएको एमाले बाँकेका अध्यक्ष नीरक गुरुङले जानकारी दिए । ती पालिकामा आज पुनः नेतृत्व चयन प्रक्रिया सुरु हुनेछ । उपमहानगरपालिकामा दत्तप्रसाद आचार्यका नेतृत्वमा उपाध्यक्षमा हकिम हलवाई, सचिवमा मोहित शाह, उपसचिवमा दिग्विजय ढुंगाना र उषा थापालाई सर्वसम्मतरूपमा चयन हुनुभएको अध्यक्ष आचार्यले जानकारी दिए ।
खजुरा गाउँपालिकाको अध्यक्षमा गेहेन्द्र धिताल, उपाध्यक्षमा झगबहादुर पौडेल, सचिवमा देउमाया थापा, उपसचिवमा लल्लन यादव र साविर जोलाहा चयन भएका छन् । जानकी गाउँपालिकाको अध्यक्षमा विश्रामकुमार बर्मा, उपाध्यक्षमा रामनरेश मौर्य, सचिवमा राजितराम यादव, उपसचिवमा यज्ञश्वरी शाह र अशोक राना निर्वाचित भएका छन् ।
राप्तीसोनारी गाउँपालिका कमिटीको प्रथम अधिवेशनले अध्यक्षमा मनोज केसी, उपाध्यक्षमा मदन वली, सचिवमा सुधा थारू, उपसचिवमा पूर्ण चौधरी र घनश्याम बस्नेतलाई चयन गरेको एमाले नेता सूर्य ढकालले जानकारी दिए । नेकपा एमाले डुडुवा गाउँपालिकाको अध्यक्षमा शकील खान, उपाध्यक्षमा विष्णु भण्डारी, सचिवमा विनयराज त्रिपाठी, उपसचिवमा लल्लनप्रसाद पाण्डे र ध्रुवकुमार चौधरी बर्मा निर्वाचित भएका छन् । नरैनापुरमा अध्यक्षमा पञ्चराम यादव, उपाध्यक्षमा प्रमोद मिश्रा, सचिवमा सुनैना मिश्रा, उपसचिवमा पारसनाथ पाण्डे र इन्द्रजित यादव चयन भएका छन् ।









झापामा तीन वर्षमा ७५ जना एचआइभी सङ्क्रमितको मृत्यु
माथिल्लो म्याग्दी–१ जलविद्युत् आयोजना : ३० प्रतिशत भौतिक प्रगति
रसुवामा भालुको आक्रमणबाट दुई जना घाइते
‘करेन्ट नुडल्स’ अब ग्रिन इनर्जीबाट बनाइने : यशोदा फुड्स
बागलुङमा १९ बालबालिकासहित २१५ जनामा एचआइभी सङ्क्रमण
देउवा भेट्न महाराजगञ्ज पुगे ओली
बालुवाटारमा सर्वपक्षीय बैठक, को–को छन् सहभागी ?
संयुक्त बैठकले निर्वाचनको बलियो वातावरण बनेको छ : सञ्चारमन्त्री खरेल
जनकपुरलाई हराउँदै लुम्बिनी लायन्स प्लेअफमा, ३ वटा टोली प्लेअफ होडबाट बाहिर
उपत्यकाबाट एमालेको केन्द्रीय सदस्यमा हिमेश केसीको दावी
प्रतिक्रिया