एप्पलको विज्ञापन रोक्ने फिचरले फेसबुकलाई बेफाइदा

काठमाडौँ । एप्पल कम्पनीले हालै सार्वजनिक गरेको अपरेटिङ सिस्टम आईओएस १४ मा रहेको विज्ञापन रोक्ने फिचरले फेसबुकलाई निकै बेफाइदा भएको छ ।
आईओएस १४ मा ल्याइएको यो फिचरका कारण फेसबुक तथा एप्पिलबीच खिंचातानी बढ्दै गएको छ । फेसबुकले यो नयाँ अपडेटबाट उसको प्लेटफर्ममा गरिने विज्ञापनहरु नराम्ररी प्रभावित भएको आरोप एप्पलमाथि लगाएको छ ।
फेसबुकले आफ्नो प्लेटफर्ममा पिक्सेल टूलको सहायताले यूजरका ब्राउजिङ हिस्ट्री, सर्च गरिएका प्रोडक्ट आदिको हिसाबबाट लक्षित वर्गलाई विज्ञापन देखाउने गर्छ ।
यसबाट विज्ञापन मार्फत् सामग्री बेच्नेहरु तथा विज्ञापन राखेर शुल्क लिने फेसबुक दुवैलाई बेफाइदा भएको बुझिएको दी इकोनोमिक टाइम्सले जनाएको छ ।
यसैबीच एप्पलका संस्थापक टिम कुकले आईओएस १४ मा आइडेन्टिफायर फर एडभर्टाइजर (आईडीएफए) फिचर अपडेट गरिएको बताएका छन् ।
यसैबीच फेसबुक परफर्मेन्स मार्केटर हारुन पलले कम्पनीको आम्दानीमा निरन्तर परिवर्तन आइरहेको टाइम्सले उल्लेख गरेको छ ।
चाडबाडको सिजनमा पनि फेसबुकको विज्ञापन व्यवसायमा लगातार कमी हुँदै गइरहेको दक्षिण एशियाका सूचना प्राविधिकहरुले जनाएका छन् । फेसबुकले छिट्टै पिक्सेलमा परिवर्तन ल्याउने योजना समेत बनाएको छ ।
















कोहलपुरमा अतिक्रमित जग्गा खाली गर्न सुरु
कांग्रेस-एमालेबाहेक प्रदेशमा अर्को सरकार बन्दैन : गगन थापा
पूर्वकर्मचारीको अनुभवले संस्थागत क्षमता थप सुदृढ हुन्छः महानिरीक्षक पौडेल
विधिद्वारा स्थापित पद्धति र परम्परा पालनामा हुनुपर्छ: राष्ट्रपति
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया