वीरमा २ वर्षपछि फेरि सुरु भयो मृगौला प्रत्यारोपण

काठमाडौं । करिब २ वर्ष देखि रोकिएको वीर अस्पतालको मिर्गौला प्रत्यारोपण सेवा पुनः सुरु भएको छ।
कोरोना महामारीका कारण रोकिएको मिर्गौला प्रत्यारोपण सेवा पुनः सुरु भएको अस्पतालले जनाएको छ ।
वीर अस्पतालका कार्यकारी अधिकारी डा.भुपेन्द्रकुमार बस्नेतले सिराहाका ५० वर्षीय पुरुषमा मंगलबार मिर्गौला प्रत्यारोपण गरिएको जानकारी दिए । ती पुरुषलाई ४९ वर्षीया श्रीमतीले मिर्गौला दान गरेकी अस्पतालले जनाएको छ ।
डा.अनिल श्रेष्ठ, पारश श्रेष्ठ र डा.रबिन बस्नेतको टिमले ति पुरुषमा मृगौला प्रत्यारोपण गरेको हो । उक्त टिमले लकडाउन हुनुपूर्व १५७ जनाको प्रत्यारोपण गरेको कार्यकारी अधिकारी डा बस्नेतले बताए ।
वीरमा वि.स. २०७० साल तिर प्रत्यारोपण भएको थियो । तर बीचमा रोकिएको थियो । पुन २०७३ पछि सुचारु आएकोमा पुन दोस्रो पटक लकडाउन अघि रोकिएको थियो ।
अब सातामा कम्तीमा एक जना व्यक्तिको मिर्गौला प्रत्यारोपण गर्ने योजना रहेको डा. बस्नेतले जानकारी दिए ।
उनले भने,‘ यस अस्पतालमा हुने प्रत्यारोपण निशुल्क हो । प्रत्यारोपणका लागि सरकारले करिब ४ लाख रुपैयाँ उपलव्ध गराउँछ ,अधिकाशंमा सोही रकमले नै पुग्छ भने केहीलाई थप खर्च चाहिन्छ,’ डा बस्नेतले बताए ।
















यार्सा सिजन सुरु भएसँगै अपी हिमालका विद्यालय आइतबारदेखि १५ दिन बन्द
अमेरिकी र इरानी सेनाबीच हर्मुजमा तनाव बढ्यो, युद्धविराम कायम रहेको ट्रम्पको दावी
उपराष्ट्रपति यादव स्वागत समारोहमा
सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न नयाँ ऐन ल्याइँदै
बाढीपहिरोका कारण अवरुद्ध यी पाँच वटा राजमार्ग सञ्चालन
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया