शुक्रबार, वैशाख २५, २०८३

थप ६७२ जनामा कोरोना पुष्टि, ८ जनाकाे मृत्यु

मेरोन्यूज २०७८ कार्तिक १० गते १७:०१

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ६७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

Advertisement
NiccNicc

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको ९ हजार ४९५ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा ६७२ जनामा संक्रमण पुष्टि भएको छ ।


मन्त्रालयका अनुसार ७ हजार १६७ जनाको पिअिसार परीक्षण गर्दा ५८२ र २ हजार ३२८ जनाको एन्टीजेन परीक्षण गर्दा ९० जनामा संक्रमण पुष्टि भएको छ । देशभर १० हजार ३७५ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।


त्यसैगरी, पछिल्लो २४ घण्टामा देशभर ७७ हजार २०७ जनाले कोरोना विरुद्धको खोप लगाएका छन्। आज देशभर ४९५ संक्रमित निको भई डिस्चार्ज भएका छन्। पछिल्लो २४ घण्टामा ८ जना संक्रमितको मृत्यु भएको छ।

प्रतिक्रिया