बढ्यो सुनको मूल्यः चाँदीको स्थिर
मेरोन्यूज
२०७८ कार्तिक ११ गते ११:४९

काठमाडौँ । नेपालमा सुनको मूल्य प्रतितोला ४०० ले उकालो लागेको छ । स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ४०० तोकिएको छ । पहेँलो धातु बुधबार प्रतितोला ९२ हजार कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको तथ्यांकनुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९१ हजार ९०० रहने छ जसको मूल्य बुधबार ९१ हजार ५०० तोकिएको थियो ।
त्यस्तै चाँदी प्रतितोला एक हजार २५०मा कारोबार हुने महासंघले जनाएको छ । चाँदी बुधबार प्रतितोला एक हजार २५०मा नै कारोबार भएको थियो । महासंघले अन्तरराष्ट्रिय बजारको कारोबार मूल्यका आधारमा यहाँ सुन तथा चाँदीको मूल्य तोक्दै आएको छ ।
सम्बन्धित
















पर्सामा मध्यरातदेखि भारतीय सीमानाका बन्द
आज लाग्दैछ दुर्लभ प्रकारको खण्डग्रास चन्द्रग्रहण
सुदूरपश्चिममा निर्वाचनको तयारी पूरा
मौनअवधिका लागि विशेष निगरानीको व्यवस्था गरिएको छ: निर्वाचन आयुक्त राणा (अन्तर्वार्ता)
इरानमाथिको आक्रमण तुरुन्त रोक्न रूसकाे माग
इरानद्वारा खाडी मुलुकका एयर बेसमा आक्रमण
ला पाजमा सैन्य विमान दुर्घटना अपडेट : १५ जनाको मृत्यु
मध्यपूर्वको तनाव: नेपालबाट सात अन्तरराष्ट्रिय विमानस्थलमा हवाई उडान रद्द
प्रतिक्रिया