अघि बढ्यो धितोपत्र बोर्डको अध्यक्ष नियुक्त प्रकृया

काठमाडौँ । सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रकृया अगाडि बढाएको छ । बोर्डका यसअघिका अध्यक्ष भीष्मराज ढुंगानालाई बर्खास्त गरेपछि सरकारले नयाँ अध्यक्ष नियुक्तिको प्रकृया सुरु गरेको हो ।
ढुगानाले पदमा रहेका बेला छोरी र परिवारका नाममा आँफैले स्वीकृति दिने कम्पनीको सेयर खरीद गरेको पुष्टी भएपछि बर्खास्त गरिएको थियो । न्यायिक छानबिनले ढुंगानाले पदको दूरुपयोग गरेको खुलेको थियो ।
सरकारले अध्यक्षका लागि आगामी १५ दिनभित्र आवेदन दिन आह्वान गरेको छ । अर्थमन्त्रालयले केही दिनअघि अध्यक्ष नियुक्तिका लागि छनौट समिति बनाएका थिए ।
अध्यक्ष हुनका लागि धितोपत्र बजार ब्यवस्थापन, पुँजी बजार विकास, आर्थिक वित्तीय, बाणिज्य, ब्यवस्थापन वा कानुननमा कम्तिमा सात बर्षको पेशागत अनुभव अनिवार्य छ । उमेर ३० बर्ष पुराभई ६० बर्ष ननाघेको हुनु पर्ने छ ।
अहिले अध्यक्षका लागि माओबादी र कांग्रेसमा आबद्ध भएकाहरु अग्रसर देखिएका छन् ।


















अमेरिकी नाकाबन्दीका बावजुद इरानका जहाजहरू होर्मुज स्ट्रेट पार गर्दै
पचपन्न हाते लामो लिङ्गो ढाल्ने जात्रा सम्पन्न
‘भेहिकल फ्री असन’ वैशाख ५ गतेदेखि सुरु हुने
टर्कीमा विद्यार्थीले अन्धाधुन्ध गोली चलाउँदा १६ घाइते
गुडिरहेकाे बसमा आगलागी
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
अमेरिकी उपराष्ट्रपति भान्सले भने- इरानसँगको वार्ता असफल भयो, अमेरिका फर्कँदैछु
निर्माण उद्योगमा आपत्काल घोषणा गर्न माग
मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक, प्रधानमन्त्री बालेन्द्र शाहको सम्पत्ति कती ?
हर्मुज घाँटीमा छिट्टै ‘नौसैनिक नाकाबन्दी’ सुरु गर्न राष्ट्रपति ट्रम्पको निर्देशन
प्रतिक्रिया