अघि बढ्यो धितोपत्र बोर्डको अध्यक्ष नियुक्त प्रकृया

काठमाडौँ । सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रकृया अगाडि बढाएको छ । बोर्डका यसअघिका अध्यक्ष भीष्मराज ढुंगानालाई बर्खास्त गरेपछि सरकारले नयाँ अध्यक्ष नियुक्तिको प्रकृया सुरु गरेको हो ।
ढुगानाले पदमा रहेका बेला छोरी र परिवारका नाममा आँफैले स्वीकृति दिने कम्पनीको सेयर खरीद गरेको पुष्टी भएपछि बर्खास्त गरिएको थियो । न्यायिक छानबिनले ढुंगानाले पदको दूरुपयोग गरेको खुलेको थियो ।
सरकारले अध्यक्षका लागि आगामी १५ दिनभित्र आवेदन दिन आह्वान गरेको छ । अर्थमन्त्रालयले केही दिनअघि अध्यक्ष नियुक्तिका लागि छनौट समिति बनाएका थिए ।
अध्यक्ष हुनका लागि धितोपत्र बजार ब्यवस्थापन, पुँजी बजार विकास, आर्थिक वित्तीय, बाणिज्य, ब्यवस्थापन वा कानुननमा कम्तिमा सात बर्षको पेशागत अनुभव अनिवार्य छ । उमेर ३० बर्ष पुराभई ६० बर्ष ननाघेको हुनु पर्ने छ ।
अहिले अध्यक्षका लागि माओबादी र कांग्रेसमा आबद्ध भएकाहरु अग्रसर देखिएका छन् ।









सिंहदरबारमा प्रधानमन्त्री र दुर्गा प्रसाईंबीच वार्ता जारी
जिल्ला प्रशासनमा जेनजी शहीदको नाम राख्न गृहको निर्देशन
सुडानको कालोगी क्षेत्रमा आक्रमण, बालबालिकासहित ११४ जनाको मृत्यु
ईश्वर पोखरेलले पार्टीलाई बुझाएको अवधारणापत्रमा के छ ? (पूर्णपाठ)
गोवाको नाइटक्लबमा आगलागी हुँदा ४ नेपालीसहित २५ जनाको मृत्यु
संयुक्त बैठकले निर्वाचनको बलियो वातावरण बनेको छ : सञ्चारमन्त्री खरेल
जनकपुरलाई हराउँदै लुम्बिनी लायन्स प्लेअफमा, ३ वटा टोली प्लेअफ होडबाट बाहिर
उपत्यकाबाट एमालेको केन्द्रीय सदस्यमा हिमेश केसीको दावी
एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो
प्रतिक्रिया