मनाङ पुगे अनुपम खेर

काठमाडौँ । बलिउड चलचित्र ‘उचाइ’ को छायांकनका लागि चलचित्रको टिम नेपालको मनाङ पुगेको छ । गत असोज १६ गतेबाट काठमाडौँमा दुई दिन छायांकन गरी मनाङ लागेको बलिउड कलाकार अनुपम खेरले आफ्नो ट्वीटरमा जनाएका छन् ।
मनाङमा समेत ४० देखि ४५ दिनको छायांकन गर्ने भएकाले फिल्म सुटिङ टिम लुक्ला र नाम्चेको सुटिङपछि अहिले मनाङमा छ ।
नेपाल आएसँगै चलचित्रका मुख्य कलाकार अनुपम खेर नेपालको प्रचारमा देखिएका छन् । उनले काठमाडौँमा पशुपतिनाथ मन्दिर भ्रमण गरे । भ्रमणको भिडिओ सामाजिक सञ्जालमार्फत सार्वजनिक गरे र मन्दिरको प्रशंसा गरे । सुटिङका लागि टिमसँगै मनाङमा रहँदा पनि उनले नेपाल र नेपालीको विषयमा सामाजिक सञ्जालमा लेखिरहेका छन् ।
नेपालको हिमाली क्षेत्रमा रहेका खेर त्यहीको हिमाल, प्रकृति र स्थानीय बासिन्दासँग रमाइरहेका देखिन्छन् । सगरमाथाको काखमा पुगेका उनले तस्बिरसहित त्यहाँ पुग्नुको खुसी व्यक्त गर्दै ट्वीटरमा उल्लेख गरेका छन् ।
अनुपमले आफ्नी आमा दुलारीले बुनेको स्विटर लुक्लाका बालबालिकालाई रोजाएर दिएको भिडियो पनि सामाजिक सञ्जाल ट्वीटरमा राखेका छन् ।

















मोहनविक्रम सिंहको दाबी- जेनजी आन्दोलन स्वतन्त्र तिब्बत र अमेरिका पक्षधरले हाईज्याक गरे
अफगानिस्तान र पाकिस्तानमा वर्षा र आँधीबेहरीका कारण १२१ जनाको मृत्यु
नयाँ हवाई रक्षा प्रणाली विकास गर्यौँ, अब जुनसुकै अमेरिकी जहाज खसाउन सक्छौँ -इरान
चितवनमा तीन सवारीसाधन ठोक्किँदा पन्ध्र जना घाइते
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
पूर्वयुवराज पारसको मुटुमा राखिएको आईसीडीको ब्याट्री फेरियो
प्रदेश खारेज गर्नेभए दुई तिहाइ पुर्याइदिन्छौं : ज्ञानेन्द्र शाही
ट्रम्पकाे सम्बाेधनसँगै विश्वभर तेलकाे मुल्य बढ्याे, शेयर बजारमा गिरावट
मध्यपूर्व युद्ध अन्त्यका विषयमा रुसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच वार्ता
प्रतिक्रिया