मनाङ पुगे अनुपम खेर

काठमाडौँ । बलिउड चलचित्र ‘उचाइ’ को छायांकनका लागि चलचित्रको टिम नेपालको मनाङ पुगेको छ । गत असोज १६ गतेबाट काठमाडौँमा दुई दिन छायांकन गरी मनाङ लागेको बलिउड कलाकार अनुपम खेरले आफ्नो ट्वीटरमा जनाएका छन् ।
मनाङमा समेत ४० देखि ४५ दिनको छायांकन गर्ने भएकाले फिल्म सुटिङ टिम लुक्ला र नाम्चेको सुटिङपछि अहिले मनाङमा छ ।
नेपाल आएसँगै चलचित्रका मुख्य कलाकार अनुपम खेर नेपालको प्रचारमा देखिएका छन् । उनले काठमाडौँमा पशुपतिनाथ मन्दिर भ्रमण गरे । भ्रमणको भिडिओ सामाजिक सञ्जालमार्फत सार्वजनिक गरे र मन्दिरको प्रशंसा गरे । सुटिङका लागि टिमसँगै मनाङमा रहँदा पनि उनले नेपाल र नेपालीको विषयमा सामाजिक सञ्जालमा लेखिरहेका छन् ।
नेपालको हिमाली क्षेत्रमा रहेका खेर त्यहीको हिमाल, प्रकृति र स्थानीय बासिन्दासँग रमाइरहेका देखिन्छन् । सगरमाथाको काखमा पुगेका उनले तस्बिरसहित त्यहाँ पुग्नुको खुसी व्यक्त गर्दै ट्वीटरमा उल्लेख गरेका छन् ।
अनुपमले आफ्नी आमा दुलारीले बुनेको स्विटर लुक्लाका बालबालिकालाई रोजाएर दिएको भिडियो पनि सामाजिक सञ्जाल ट्वीटरमा राखेका छन् ।















ऐतिहासिक ढुङ्गेसाँघु–माघेसङ्क्रान्ति मेलाको सांस्कृतिक विरासत
कारागारभित्रका ‘हेडमास्टर’
हाफ म्याराथनको उपाधि गुरुङलाई
प्रेस युनियनले भन्याे – कांग्रेसभित्र एकता आवश्यक छ
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
अब एक व्यक्ति २ पटकभन्दा बढी प्रधानमन्त्री हुन नपाइने प्रतिवेदन पेस गर्दै विश्वप्रकाश
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
भेनेजुएलामाथि अमेरिकी कारबाहीले साना देश चिन्तित
मलेसियाले मस्कको ग्रोक एआईको पहुँचलाई रोक्यो
प्रतिक्रिया