स्वास्थ्यमन्त्री खतिवडा भन्छन- मेरो कार्यकालमा भ्रष्टाचारको कुरा सुन्न, र लेख्न पाउनुहुन्न

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले आफ्नो कार्यकालमा भ्रष्टाचार हुन नदिने बताएका छन् । मन्त्रालयमा आज पत्रकार सम्मेलनमा बोल्दै मन्त्री खतिवडाले यसअघि कोरोनासँग सम्बन्धीत स्वास्थ्य सामाग्री खरिदमा भ्रष्टाचार भएका तथ्य बाहिरिए पनि आफ्नो कार्यकालमा त्यस्तो सुन्न नपर्ने बताए। उनले भने ‘‘स्वास्थ्य सामाग्री खरिदमा यसअघि ठूलो भ्रष्टाचार भएको कुरा तपाईंहरुले सुन्नु, लेख्नु भएको छ। मेरो कार्यकालमा स्वास्थ्यमा भ्रष्टाचार भएका कुरा लेख्न, देख्न र सुन्न पाउनुहुन्न,’उनले भने।
उनका अनुसार नयाँ मन्त्री आउनेबित्तिकै ठूला योजना हचुवाका भरमा झ्याप्प झ्याप्प ल्याउने र ति पूरा नहुने अवस्था रहन्छ। उनले भने,‘मेरो कार्यकालमा त्यस्तो हुँदैन। पूरा नहुने महत्वाकांक्षी योजना ल्याएर तीन महिनापछि अनुहारै देखाउन नमिल्ने योजना म ल्याउँदिनँ । ’
उनले आफ्नो लक्ष्य भनेको सबै नागरिकलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउनु रहेको बताए।
खतिवडाले यसअघि १८ वर्षमाथिका लाई मात्र खोप उपलब्ध भएकोमा अब १२ वर्षदेखि माथिका लाई पनि सरकारले खोप दिने तयारी गरेको बताए।
















यार्सा सिजन सुरु भएसँगै अपी हिमालका विद्यालय आइतबारदेखि १५ दिन बन्द
अमेरिकी र इरानी सेनाबीच हर्मुजमा तनाव बढ्यो, युद्धविराम कायम रहेको ट्रम्पको दावी
उपराष्ट्रपति यादव स्वागत समारोहमा
सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न नयाँ ऐन ल्याइँदै
बाढीपहिरोका कारण अवरुद्ध यी पाँच वटा राजमार्ग सञ्चालन
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया