स्वास्थ्यमन्त्री खतिवडा भन्छन- मेरो कार्यकालमा भ्रष्टाचारको कुरा सुन्न, र लेख्न पाउनुहुन्न

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले आफ्नो कार्यकालमा भ्रष्टाचार हुन नदिने बताएका छन् । मन्त्रालयमा आज पत्रकार सम्मेलनमा बोल्दै मन्त्री खतिवडाले यसअघि कोरोनासँग सम्बन्धीत स्वास्थ्य सामाग्री खरिदमा भ्रष्टाचार भएका तथ्य बाहिरिए पनि आफ्नो कार्यकालमा त्यस्तो सुन्न नपर्ने बताए। उनले भने ‘‘स्वास्थ्य सामाग्री खरिदमा यसअघि ठूलो भ्रष्टाचार भएको कुरा तपाईंहरुले सुन्नु, लेख्नु भएको छ। मेरो कार्यकालमा स्वास्थ्यमा भ्रष्टाचार भएका कुरा लेख्न, देख्न र सुन्न पाउनुहुन्न,’उनले भने।
उनका अनुसार नयाँ मन्त्री आउनेबित्तिकै ठूला योजना हचुवाका भरमा झ्याप्प झ्याप्प ल्याउने र ति पूरा नहुने अवस्था रहन्छ। उनले भने,‘मेरो कार्यकालमा त्यस्तो हुँदैन। पूरा नहुने महत्वाकांक्षी योजना ल्याएर तीन महिनापछि अनुहारै देखाउन नमिल्ने योजना म ल्याउँदिनँ । ’
उनले आफ्नो लक्ष्य भनेको सबै नागरिकलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउनु रहेको बताए।
खतिवडाले यसअघि १८ वर्षमाथिका लाई मात्र खोप उपलब्ध भएकोमा अब १२ वर्षदेखि माथिका लाई पनि सरकारले खोप दिने तयारी गरेको बताए।











विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने
ग्लोबल आइएमई बैंककाे १९औँ वार्षिकोत्सवका अवसरमा सातै प्रदेशमा रक्तदान कार्यक्रम आयोजना
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
आज २०८२ साल पुस २७ गते आइतबारको राशिफल
कांग्रेस विशेष महाधिवेशन सुरु
कांग्रेस फुट्न दिँदैनाैं, आवेग हाेइन विवेकले निर्णय गरेर सिंगो पार्टीको नेतृत्व गर्छौं : विश्वप्रकाश शर्मा
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया