प्रधानन्यायाधीशमाथि महाअभियोग लगाउन छलफल भएको छैन : माधव नेपाल

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले प्रधानन्यायाधीश चोलेन्द्र शमशेरलाई महाअभियोग लगाउने सम्बन्धमा छलफल नभएको बताएका छन् । बिहीबार धनगढीमा पुगेका उनले समाजवदी प्रेस संगठनले आयोजना गरेको पत्रकार सम्मेलनमा सञ्चारकर्मीको जिज्ञासामा यस्तो बताएका हुन् ।
अध्यक्ष नेपालले आफू निरन्तर काठमाडौँ बाहिर रहेको र अरु नेताहरुसमेत व्यस्त रहेकाले पाँच दलको बैठक बस्न नसकेको बताए । ‘हामीले त छलफल नै गरेका छैनौँ त्यसबारेमा, महाअभियोगबारे केही प्रवेश गरेको छैन, छलफल नै भएको छैन, केही भएको छैन,’ उनले भने, ‘म त बाहिरको बाहिर नै छु, अहिले हाम्रो पाँच दलको बैठक बस्न सकेको छैन ।’
अध्यक्ष नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीले न्यायपालिकामाथि अनावश्यक लाञ्छना लगाउने काम गरेको आरोप लगाए । ओलीले रिस साँध्नका लागि सबै न्यायाधीशलाई हटाउनुपर्छ भन्ने कुरा उठाएको बताए ।
ओलीको हस्तक्षेपकारी भूमिकाले न्यायालयमा समस्या देखिएको अध्यक्ष नेपालको भनाई थियो । ‘केपी ओली जीले साराथोक बिगार्नु भएको हो, र उहाँले न्यायपालिकामाथि अनावश्यक रुपमा लाञ्छना लगाउने काम गर्दै आउनु भयो, न्यायपालिकालाई स्वतन्त्र ढंगले भूमिका निर्वाह गर्न दिनु पर्ने कुरामा उहाँले रिस साध्न सबैलाई निकाल्नुपर्छ भन्ने ढंगले भूमिका खेलिरहनु भएको छ,’ उनले भने, ‘उहाँको अत्यन्तै अनुचित, हस्तक्षेपकारी र देशको सबै सिस्टमलाई भत्काउने यो प्रवृतिकै उपज हो, त्यस हुनाले यो देशलाई अब स्वतन्त्र न्यायपालिकाको मामिलामा हस्तक्षेप गर्ने होइन, ऐतिहासिक फैसला गर्ने न्यायाधीशमाथि उहाँले हटाउनुपर्छ भन्ने कुरा उठाउनु भएको छ, यो अत्यन्तै नाजायज, अनुचित कुरा हो ।’
अध्यक्ष नेपालले आफ्नो पार्टीले चुनावमा अरु पार्टीसँग गठबन्धन गर्ने बताए । अन्य पार्टीसँग गर्ने चुनावी तालमेलको सम्बन्धमा छलफल, परामर्श शुरु गर्ने उल्लेख गरे । उनले निर्वाचन आयोगबाट कलम चुनाव चिन्ह पाइसकेको उल्लेख गर्दै हिजोको सूर्य चिन्हमा ग्रहण लागेको टिप्पणी गरे ।
















कोहलपुरमा अतिक्रमित जग्गा खाली गर्न सुरु
कांग्रेस-एमालेबाहेक प्रदेशमा अर्को सरकार बन्दैन : गगन थापा
पूर्वकर्मचारीको अनुभवले संस्थागत क्षमता थप सुदृढ हुन्छः महानिरीक्षक पौडेल
विधिद्वारा स्थापित पद्धति र परम्परा पालनामा हुनुपर्छ: राष्ट्रपति
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया