औषधिमा गरिएको मूल्य वृद्धिमा छानविन हुन्छ : स्वास्थ्य मन्त्री

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले कानूनविपरीत मूल्यवृद्धि गरिएका औषधिका सम्बन्धमा छानविन गर्ने बताएका छन् ।
स्वास्थ्य पत्रकार मञ्च नेपालले बिहीबार आयोजना गरेको भेटघाट कार्यक्रममा कानूनविपरीत मूल्यवृद्धि गरिएका औषधिको छानविन गरिने बताए । उनले स्वास्थ्य सचिव डा. रोशन पोखरेललाई वृद्धि गरिएको मूल्यका सम्बन्धमा छानविन गर्न निर्देशन दिएका हुन् ।
औषधि व्यवस्था विभागले केही कम्पनीले उत्पादन गरेका औषधिको मूल्य बढाएपछि मन्त्रालयले त्यसको छानविन गर्ने भएको हो । “कच्चा पदार्थको मूल्य बढेका खण्डमा मात्र वैज्ञानिक मापदण्डका आधारमा मात्र औषधिको मूल्य बढाउन पाइन्छ”, उनले भने, “औषधिको मूल्य मनपरी बढायो भनेर मैले सचिवलाई निर्देशन दिइसके । सचिवले मूल्यका सम्बन्धमा बुझिरहनुभएको छ । दुई÷चार दिनमा यसका सम्बन्धमा जानकारी गराउँछौँ ।”
उनले अहिले मूल्य नियन्त्रण गर्नुका साथै दीर्घ कालीन रुपमा कसरी समाधान गर्ने भन्ने विषय पनि टुंगो लगाइने बताए । सिटामोल भारतमा दुई रुपैयाँ भारतीयमा र नेपालमा एक रुपैयाँदेखि डेढ रुपैयाँ पाइने गरेको उल्लेख गर्दै उनले अहिले व्यापारीले नेपालबाट भारतमा सिटामोल पठाउने गरेको बताए । औषधि व्यवस्था विभागले ५२ प्रकारका औषधिको मूल्य २० प्रतिशतसम्म वृद्धि गरेको छ ।














Gagan Thapa elected Nepali Congress Chairman
नेपालसहित ७५ देशलाई आप्रवासी भिसा प्रक्रिया स्थगित गर्ने अमेरिकाको घोषणा
माघेसङ्क्रान्तिमा देवघाट जान निःशुल्क बस सेवा
माघेसङ्क्रान्ति मेला भर्न देवघाटमा भक्तजनको भीड
कांग्रेस सभापति गगन थापा र टिमलाई बाबुराम भट्टराईको शुभकामना
नेपालमा कन्टेन्ट खोज्ने प्रमुख प्लेटफर्मको रूपमा लोकप्रिय बन्दै टिकटक
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
कांग्रेस विशेष महाधिवेशनको कार्यविधि पारित
जसपा उपाध्यक्ष शिवलालको समूह र लिम्बुवान क्रान्तिकारी पार्टी नेकपामा समाहित
कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु
प्रतिक्रिया