सुदूरपश्चिममा थप २९ जनामा कोरोना पुष्टि
काठमाडौँ । सुदूरपश्चिम प्रदेशमा आज थप २९ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । गएको २४ घण्टामा प्रदेशभर पिसिआर र एन्टिजेन विधिबाट एक हजार ८९ जनाको नमूना परीक्षण गर्दा २९ मा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
१६ जनामा आरटी पिसिआर र १३ मा एन्टिजेन विधिमार्फत गरिएको परीक्षणमा संक्रमण देखिएको हो । पिसिआर विधिमार्फत सेती प्रादेशिक अस्पतालमा १२, जिल्ला अस्पताल बैतडीमा दुई, महाकाली अस्पताल र डडेल्धुरा अस्पतालमा एक-एक जनामा संक्रमण पुष्टि भएको हो ।
एन्टिजेन विधिमार्फत कञ्चनपुरका ७ र डडेल्धुराका ६ जनामा संक्रमण देखिएको हो । पछिल्लो २४ घण्टामा प्रदेशभर १२ जनाले कोरोना जितेका छन् भने उक्त अवधिमा यस प्रदेशमा संक्रमणका कारण एक जनाको पनि मृत्यु भएको छैन ।
यसअघि यस प्रदेशमा बुधबार ४२ जनामा संक्रमण पुष्टि हुँदा ५ जना डिस्चार्ज भएका छन् ।













प्रधानन्यायाधीश राउत अस्पताल भर्ना
NC Special General Convention: Election for new leadership today
कांग्रेस महामन्त्रीमा विश्वप्रकाश र प्रदीप पौडेलले दिए उम्मेदवारी
सभापतिमा गगन थापाको मात्रै उम्मेदवारी
Gold and silver prices soar today,too
कांग्रेस विशेष महाधिवेशन सुरु
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
कांग्रेस फुट्न दिँदैनाैं, आवेग हाेइन विवेकले निर्णय गरेर सिंगो पार्टीको नेतृत्व गर्छौं : विश्वप्रकाश शर्मा
नेपोबेबीको राज देखेर जनता रिसाएकै हुन् – गगन थापा
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
प्रतिक्रिया