शनिबार, फागुन ३, २०८१

पीडित किसानलाई राहत दिन क्रान्तिकारी केन्द्रको माग

मेरोन्यूज २०७८ कार्तिक १२ गते १२:५५
फाइल फोटो

काठमाडौँ । अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र)ले गत १ गतेदेखि केही दिन देशका विभिन्न भागमा परेको वर्षासँगै पुगेको क्षतिको विवरण संकलन गरी किसानलाई राहत दिनु पर्ने माग राखेको छ । महासंघले सम्पूर्ण पीडित किसानहरूको लागत संकलन गरी महसुस हुने गरी सरकारले घोषणा गरेको राहत दिनु पर्ने माग राखेको हो ।

Advertisement
IMEnabil

‘वर्षा, बाढी, पहिरो तथा डुबान प्रभावित सम्पूर्ण किसानहरुको सहभागितामा तत्काल लागत संकलन गरी क्षतिका आधारमा क्षतिपूर्ति तथा राहत उपलब्ध गराउन र नेपाल सरकारले घोषणा गरेको राहत प्याकेज जनताले अनुभूति गर्ने गरी तत्क्षण कार्यान्वयन गर्न जोड्दार माग गर्दछौँ,’ संघका अध्यक्ष चित्रबहादुर श्रेष्ठले हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको छ ।

संघले वर्ष कम्तिमा ५ अर्ब रुपैयाँ बराबरको बजेट विनियोजन गरी ‘किसान राहत कोष (कृषि सहायता कोष)’ स्थापना र सञ्चालन गर्न समेत माग राखेको छ । गत १ गतेदेखि देशको सुदूरपश्चिम प्रदेशसहित देशमा विभिन्न भागमा परेको अविरल वर्षाका कारण सयौँ जनाको मृत्यु भएको थियो भने केही बेपत्ता भएका थिए ।

वर्षाका कारण भित्र्यान तयारी अवस्थामा राखिएको धानवाली नष्ट भएको थियो । बाढीले ठूलो मात्रामा धानबालीमा नोक्सान पुगेको भन्दै स्थलगत भ्रमण गरी प्रधानमन्त्री शेरबहादुर देउवाले राहत दिने घोषणा गरेका थिए ।

प्रतिक्रिया