जाडोको मौसमबाट बच्न खानु पर्ने ‘सुपरफुड’

काठमाडौँ । जाडोमा शरीरलाई न्यानो राख्न गाह्रो हुन्छ । यस्तो अवस्थामा शरीरलाई पर्याप्त पोषण दिन जाडो मौसमी खानाको सहारा लिन सकिन्छ । यस मौसममा पाइने धेरै सुपरफुडहरूले तपाईंको शरीरलाई न्यानो मात्र राख्दैनन्, यो मौसममा फैलिने रोगहरूबाट पनि बचाउँछ ।
जाडोमा शरीरलाई स्वस्थ राख्नका लागि खानु पर्ने फलहरु यस प्रकार रहेका छन् ।
१, फर्सी
चिसो मौसममा फर्सी हाम्रो स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । यसमा फाइबर, म्याग्नेसियम, बिटा क्यारोटिन र भिटामिन सी, बी ६ पाइन्छ । जाडोमा फर्सी खाँदा हाम्रो शरीरको रक्तचाप र कोलेस्ट्रोलको स्तर नियन्त्रणमा रहने विज्ञहरू बताउँछन् ।
२, अदुवा
अदुवामा पाइने औषधीय गुणले हामीलाई जाडोमा सर्ने भाइरसबाट बचाउँछ । विज्ञहरू भन्छन्, कि अदुवाको प्रयोग शताब्दीयौंदेखि पाचन, पेट खराब र प्रतिरक्षा प्रणाली बढाउनका लागि गरिन्छ । यसको एन्टी इन्फ्लेमेटरी गुणले एलर्जी हुँदा पनि राम्रो काम गर्छ
३, काउली
काउली पोटासियमले भरपूर खाद्य सामाग्री हो । यसले शरीरबाट सोडियमको मात्रालाई हटाएर उच्च रक्तचाप नियन्त्रण गर्ने काम गर्छ । यो तरकारीका रुपमा खान सकिन्छ । गर्भवती महिलाहरूको लागि उपयुक्त मानिने यो तरकारी धेरै लाभदायक रहेको छ ।
४, अमिलो फलफूलहरु
अमिलो फलफूललाई भिटामिन सीको उत्तम स्रोत मानिन्छ । चिसो मौसममा अमिलो फल खाँदा धेरै फाइदा हुन्छ । सुन्तला, अंगुर, कागती जस्ता अमिलो फलफूलमा पाइने खनिज र फाइटोकेमिकल्सले क्यान्सर जस्ता गम्भीर रोगको जोखिमलाई कम गर्छ ।
५, स्याउ
स्याउ भिटामिन सीको राम्रो स्रोत हो । जसले जाडो मौसममा रोग प्रतिरोधात्मक क्षमतालाई राम्रो राख्छ । यसमा प्रोटिन, पानीमा घुलनशील फाइबर, कोलेस्ट्रोलको स्तर घटाउन सहयोगी हुन्छ ।
स्याउको बोक्रासहित खानु बढी फाइदाजनक मानिन्छ । यसको बोक्रामा धेरै फाइबर र फाइटोन्यूट्रिएन्टहरू हुन्छन् ।
६, सखर खन्ड
सखरखन्ड पनि मधुमेह विरामीका लागि आवश्यक कार्बोहाइड्रेटमध्ये एक हो । एउटा आलुमा ४ ग्राम फाइबर र भिटामिन सी हुन्छ । एन्डोक्राइन जर्नलमा भएको अध्ययनका अनुसार यसमा पाइने भिटामिन एले इन्सुलिन उत्पादन गर्ने कोशिकामा काम गर्छ । यसमा पाइने बिटा क्यारोटिनले फ्री रेडिकलको क्षति र सुजनबाट पनि बचाउँछ ।
७, ब्रोकाउली
स्याउ जस्तै ब्रोकाउलीलाई पनि भिटामिन–सीको उत्कृष्ट स्रोत मानिन्छ । एक पाउ ब्रोकाउलीले भिटामिन सीको दैनिक आवश्यकता पूरा गर्न सक्छ । यसमा क्यान्सरसँग लड्ने पोषक तत्व पाइन्छ ।
ब्रोकाउली जस्ता तरकारीले क्यान्सरबाट बचाउने काम गर्छ भन्ने धेरै अध्ययनमा दाबी गरिएको छ ।
८, अनार
अनारमा धेरै मात्रामा पोलिफेनोल हुन्छ । यसले शरीरको आत्मरक्षा प्रणालीलाई बलियो बनाउने र मुटुसम्बन्धि रोगबाट बचाउँछ । यस्तै, स्वास्थ्य र संक्रमणसँग लड्ने, स्मरण शक्ति राम्रो अवस्थामा राख्छ। अनार खानाले मधुमेहका बिरामीलाई निकै फाइदा हुन्छ ।
९, एभोकाडो
एभोकाडोमा ओमेगा–३, भिटामिन–बी, भिटामिन–बी ६, भिटामिन–ई, भिटामिन–सी– भिटामिन–प्यान्टोथेनिक एसिड, म्याग्नेसियम र पोटासियम पाइन्छ । एक अध्ययनका अनुसार एभोकाडो तौल घटाउन र पाचन प्रणालीलाई पनि बलियो बनाउन मद्दत गर्छ ।
१०, चुकंदर
चुकंदर यसको फाइदाजनक तत्वहरूको कारण सुपरफुड पनि भनिन्छ । रक्तचाप नियन्त्रणमा राख्नुका साथै मांसपेशी बलियो हुने, डिमेन्सिया र तौल घटाउनका लागि पनि राम्रो मानिन्छ । यसमा पाइने फोलेट, पोटासियम र बिटा क्यारोटिन शरीरका लागि निकै फाइदाजनक हुन्छ ।
प्रतिक्रिया