जाडोको मौसमबाट बच्न खानु पर्ने ‘सुपरफुड’

काठमाडौँ । जाडोमा शरीरलाई न्यानो राख्न गाह्रो हुन्छ । यस्तो अवस्थामा शरीरलाई पर्याप्त पोषण दिन जाडो मौसमी खानाको सहारा लिन सकिन्छ । यस मौसममा पाइने धेरै सुपरफुडहरूले तपाईंको शरीरलाई न्यानो मात्र राख्दैनन्, यो मौसममा फैलिने रोगहरूबाट पनि बचाउँछ ।
जाडोमा शरीरलाई स्वस्थ राख्नका लागि खानु पर्ने फलहरु यस प्रकार रहेका छन् ।
१, फर्सी
चिसो मौसममा फर्सी हाम्रो स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । यसमा फाइबर, म्याग्नेसियम, बिटा क्यारोटिन र भिटामिन सी, बी ६ पाइन्छ । जाडोमा फर्सी खाँदा हाम्रो शरीरको रक्तचाप र कोलेस्ट्रोलको स्तर नियन्त्रणमा रहने विज्ञहरू बताउँछन् ।
२, अदुवा
अदुवामा पाइने औषधीय गुणले हामीलाई जाडोमा सर्ने भाइरसबाट बचाउँछ । विज्ञहरू भन्छन्, कि अदुवाको प्रयोग शताब्दीयौंदेखि पाचन, पेट खराब र प्रतिरक्षा प्रणाली बढाउनका लागि गरिन्छ । यसको एन्टी इन्फ्लेमेटरी गुणले एलर्जी हुँदा पनि राम्रो काम गर्छ
३, काउली
काउली पोटासियमले भरपूर खाद्य सामाग्री हो । यसले शरीरबाट सोडियमको मात्रालाई हटाएर उच्च रक्तचाप नियन्त्रण गर्ने काम गर्छ । यो तरकारीका रुपमा खान सकिन्छ । गर्भवती महिलाहरूको लागि उपयुक्त मानिने यो तरकारी धेरै लाभदायक रहेको छ ।
४, अमिलो फलफूलहरु
अमिलो फलफूललाई भिटामिन सीको उत्तम स्रोत मानिन्छ । चिसो मौसममा अमिलो फल खाँदा धेरै फाइदा हुन्छ । सुन्तला, अंगुर, कागती जस्ता अमिलो फलफूलमा पाइने खनिज र फाइटोकेमिकल्सले क्यान्सर जस्ता गम्भीर रोगको जोखिमलाई कम गर्छ ।
५, स्याउ
स्याउ भिटामिन सीको राम्रो स्रोत हो । जसले जाडो मौसममा रोग प्रतिरोधात्मक क्षमतालाई राम्रो राख्छ । यसमा प्रोटिन, पानीमा घुलनशील फाइबर, कोलेस्ट्रोलको स्तर घटाउन सहयोगी हुन्छ ।
स्याउको बोक्रासहित खानु बढी फाइदाजनक मानिन्छ । यसको बोक्रामा धेरै फाइबर र फाइटोन्यूट्रिएन्टहरू हुन्छन् ।
६, सखर खन्ड
सखरखन्ड पनि मधुमेह विरामीका लागि आवश्यक कार्बोहाइड्रेटमध्ये एक हो । एउटा आलुमा ४ ग्राम फाइबर र भिटामिन सी हुन्छ । एन्डोक्राइन जर्नलमा भएको अध्ययनका अनुसार यसमा पाइने भिटामिन एले इन्सुलिन उत्पादन गर्ने कोशिकामा काम गर्छ । यसमा पाइने बिटा क्यारोटिनले फ्री रेडिकलको क्षति र सुजनबाट पनि बचाउँछ ।
७, ब्रोकाउली
स्याउ जस्तै ब्रोकाउलीलाई पनि भिटामिन–सीको उत्कृष्ट स्रोत मानिन्छ । एक पाउ ब्रोकाउलीले भिटामिन सीको दैनिक आवश्यकता पूरा गर्न सक्छ । यसमा क्यान्सरसँग लड्ने पोषक तत्व पाइन्छ ।
ब्रोकाउली जस्ता तरकारीले क्यान्सरबाट बचाउने काम गर्छ भन्ने धेरै अध्ययनमा दाबी गरिएको छ ।
८, अनार
अनारमा धेरै मात्रामा पोलिफेनोल हुन्छ । यसले शरीरको आत्मरक्षा प्रणालीलाई बलियो बनाउने र मुटुसम्बन्धि रोगबाट बचाउँछ । यस्तै, स्वास्थ्य र संक्रमणसँग लड्ने, स्मरण शक्ति राम्रो अवस्थामा राख्छ। अनार खानाले मधुमेहका बिरामीलाई निकै फाइदा हुन्छ ।
९, एभोकाडो
एभोकाडोमा ओमेगा–३, भिटामिन–बी, भिटामिन–बी ६, भिटामिन–ई, भिटामिन–सी– भिटामिन–प्यान्टोथेनिक एसिड, म्याग्नेसियम र पोटासियम पाइन्छ । एक अध्ययनका अनुसार एभोकाडो तौल घटाउन र पाचन प्रणालीलाई पनि बलियो बनाउन मद्दत गर्छ ।
१०, चुकंदर
चुकंदर यसको फाइदाजनक तत्वहरूको कारण सुपरफुड पनि भनिन्छ । रक्तचाप नियन्त्रणमा राख्नुका साथै मांसपेशी बलियो हुने, डिमेन्सिया र तौल घटाउनका लागि पनि राम्रो मानिन्छ । यसमा पाइने फोलेट, पोटासियम र बिटा क्यारोटिन शरीरका लागि निकै फाइदाजनक हुन्छ ।

















गृहमन्त्री अर्यालद्वारा रामेछाप दुर्घटनाका घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी
जिल्ला प्रशासन कार्यालय काठमाडौँमा अस्थायी मतदान केन्द्र
धनुषामा बम विस्फोट, दुई बालबालिका घाइते
इरानी आक्रमणले खाडी क्षेत्रमा तेल पूर्वाधार प्रभावित
सुरक्षा व्यवस्था चुस्त छ, निर्धक्क भएर मतदान गर्नुस् : सुरक्षा फौज
इरानका सर्वोच्च नेता खामेनीको मृत्यु पुष्टि, ४० दिन शोक घोषणा
अमेरिकी युद्धपाेत अब्राहम लिंकनमा क्षेप्यास्त्र प्रहार गरेको इरानी दाबी
इरानले इतिहासकै खतरनाक आक्रमण गर्ने धम्कीपछि ट्रम्पले दिए चेतावनी
इरानकाे आक्रमणमा तीन अमेरिकी सैनिक मारिए
मतदातालाई ओलीको भिडिओ सन्देश- तपाईंले एउटा बाटो रोज्नुपर्ने बेला आएको छ
प्रतिक्रिया