पहिराबाट मृत्यु भएका परिवारलाई आर्थिक सहयोग
डोटी । जिल्लाको जोरायल गाउँपालिकामा बाढी पहिरोका कारण ज्यान गुमाएका परिवारलाई पालिकाले आर्थिक सहयोग उपलब्ध गराएको छ । बाढी पहिराबाट ज्यान गुमाएका ७ जनाको परिवारलाई पालिकाले सहयोग गरेको हो ।
यही कात्तिक पहिलो साता आएको बाढी पहिराबाट सयौँ घरमा क्षति पुगेको थियो । सोही घटनामा परी ज्यान गुमाएका मृतकका परिवारलाई ७ हजार रुपैयाँ नगद तथा खाद्यान्न, लुगाकपडा र त्रिपाल वितरण गरिएको गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले जानकारी दिए ।
उनले भने, ‘बाढी र पहिराले तहस नहस बनाएको छ, कयौँको अकालमै ज्यान गएको छ, कतिपय घरबारविहीन भएका छन्, दुःखको बेला केही राहत होस् भनेर सहयोग गरेका हौँ ।’
उक्त पालिकाको वडा नं ४ को सैगडामा चार जना, वडा नं १ मा एक जना र वडा नं ३ नवलपुरमा बाढी पहिराबाट दुईको मृत्यु भएको थियो । वर्षासँगै आएको बाढी पहिराबाट सडक पूर्ण रुपमा बन्द भएका छन् । भत्किएका सडक खोल्ने भइरहेको ओझाले बताए ।









नागढुङ्गा–मलेखु सडक खण्ड एक साताको लागि आंशिक बन्द हुने
सुनको चाँदीकाे मूल्य : सुनको बढ्यो, चाँदीको घट्यो
आज प्रधानमन्त्री कार्की र दुर्गा प्रसाईंबीच भेटवार्ता हुँदै
स्वास्थ्य बीमा : अब काभ्रेका आठ अस्पतालबाट सेवा
जिल्ला प्रशासन कार्यालयद्वारा सबै सेवा प्रवाह भइराखेको छ : प्रजिअ अधिकारी
देउवा भेट्न महाराजगञ्ज पुगे ओली
बालुवाटारमा सर्वपक्षीय बैठक, को–को छन् सहभागी ?
संयुक्त बैठकले निर्वाचनको बलियो वातावरण बनेको छ : सञ्चारमन्त्री खरेल
जनकपुरलाई हराउँदै लुम्बिनी लायन्स प्लेअफमा, ३ वटा टोली प्लेअफ होडबाट बाहिर
कारागारमा सुरक्षाकर्मीसँग चिनजान, घरमा गएर विभत्स हत्या
प्रतिक्रिया