शनिबार, मंसिर २०, २०८२

बालुवाटारमा सर्वपक्षीय बैठक, को–को छन् सहभागी ?

मेरोन्यूज २०८२ मंसिर १९ गते १७:११

काठमाडौं । सर्वपक्षीय बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट सुरु भएको बैठकमा राजनीतिक दलका नेता, सुरक्षा निकायका प्रतिनिधि, निर्वाचन आयोगका पदाधिकारीहरू उपस्थित छन् ।

बैठकमा नेपाली कांग्रेसबाट महामन्त्री गगन थापा, पुष्पा भुसाल, एमालेबाट महासचिव शंकर पोखरेल, महेश बर्तौला सहभागी छन् । यसैगरी नेपाली कम्युनिस्ट पार्टीबाट प्रकाश ज्वाला, रास्वपाबाट शिशिर खनाल र सोविता गौतम सहभागी भएका छन् ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठकमा निर्वाचनको तयारी, सुरक्षा व्यवस्था र वातावरणबारे छलफल भइरहेको छ ।

प्रतिक्रिया