कार्यवाहक प्रधानमन्त्रीले गरे पशुपतिनाथको दर्शन
मेरोन्यूज
२०७८ कार्तिक १३ गते १०:२१
काठमाडौँ । कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका गृहमन्त्री बालकृष्ण खाँण शनिबार बिहान पशुपति मन्दिर गएका छन् । उनी भगवान् पशुपतिनाथको पूजा अर्चना गर्न पशुपति पुगेका हुन् ।
उनले सर्वसाधारणकै बीचमा रही लाइनमा बसेर पशुपतिनाथको दर्शन गरेका थिए । सो अवसरमा उनले पशुपतिनाथका पुजारीबाट अभिषेक ग्रहण गरे । पशुपतिनाथ दर्शन गर्ने क्रममा परिसरमा रहेका वासुकी, सत्यनारायणलगायतका मन्दिरको उनले दर्शन गरेका थिए ।
दर्शन गरी फर्कने क्रममा पशुपतिनाथ दर्शन गर्न लाइनमा बसेका सर्वसाधारणसँग छोटो कुरा गरेरका उनी करिब डेढ घण्टा बिताएका थिए । दर्शन गरी मन्दिर परिसरबाट बाहिरिने क्रममा सञ्चारकर्मीको जिज्ञासामा मुलुकको समृद्धि, नेपाली जनताको सुख र शान्ति सुव्यवस्थाका लागि कामना गरेको बताए ।
सम्बन्धित















विश्वकपमा इरानको समर्थन गर्दा केइसुके होन्डाले अमेरिकी विज्ञापन सम्झौता गुमाए
आयल निगमद्वारा पेट्रोलियम पदार्थको व्यापक मूल्य वृद्धी
वार्ताका लागि इरानले प्रस्ताव गरिरहेकाे ट्रम्पकाे दावी झुटाे : इरान
अष्ट्रेलियामा शरण मागेकी इरानी महिला फुटबल टोलीकी कप्तानले निवेदन फिर्ता लिइन्
यी हुन् कांग्रेसले समानुपातिकमा सिफारिस गरेका २० जना
मौसममा पश्चिमी प्रणालीको प्रभाव: केही स्थानमा वर्षा र हिमपातको सम्भावना
इरानी राष्ट्रपति पेजेश्कियान जनतासँगै सडकमा उत्रिए
प्रचण्ड र रविबीच कुराकानी
सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट, आज कतिमा काराेबार हुँदैछ ?
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
प्रतिक्रिया