मंगलबार, फागुन ६, २०८१

कार्यवाहक प्रधानमन्त्रीले गरे पशुपतिनाथको दर्शन

मेरोन्यूज २०७८ कार्तिक १३ गते १०:२१

काठमाडौँ । कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका गृहमन्त्री बालकृष्ण खाँण शनिबार बिहान पशुपति मन्दिर गएका छन् । उनी भगवान् पशुपतिनाथको पूजा अर्चना गर्न पशुपति पुगेका हुन् ।

Advertisement
IMEnabil

उनले सर्वसाधारणकै बीचमा रही लाइनमा बसेर पशुपतिनाथको दर्शन गरेका थिए । सो अवसरमा उनले पशुपतिनाथका पुजारीबाट अभिषेक ग्रहण गरे । पशुपतिनाथ दर्शन गर्ने क्रममा परिसरमा रहेका वासुकी, सत्यनारायणलगायतका मन्दिरको उनले दर्शन गरेका थिए ।

दर्शन गरी फर्कने क्रममा पशुपतिनाथ दर्शन गर्न लाइनमा बसेका सर्वसाधारणसँग छोटो कुरा गरेरका उनी करिब डेढ घण्टा बिताएका थिए । दर्शन गरी मन्दिर परिसरबाट बाहिरिने क्रममा सञ्चारकर्मीको जिज्ञासामा मुलुकको समृद्धि, नेपाली जनताको सुख र शान्ति सुव्यवस्थाका लागि कामना गरेको बताए ।

प्रतिक्रिया